अपडेटः पर्वत दुर्लुङको पहिरोमा परि ३ को मृत्यु ६ बेपत्ता, उद्धारकार्य जारी

Parbar_Durlung

पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङ ढकालबारीमा भिषण पानीसंगै आएको पहिरोमा परि ३ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् ।

शनिबार साँझ परेको भीषण वर्षासँगै गएको पहिरोमा परि ढकलबारी निवासी तुल बहादुर थापाको परिवारका ६ जना र कमला विकको परिवारका ३ जना गरी ९ जना बेपत्ता भएकोमा ३ जनाको शव भेटिएको जनाइएको छ । हालसम्म तुलबहादुर थापाको श्रीमती र उनकी ११ बर्षिया नातिनी र अर्को एक शव फेला परेको छ ।

बेपत्ता अन्यको खोजी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित