जनता सीईओमा पर्शुराम कुँवर नियुक्त

काठमाडौं : कुमार लम्सालले राजीनामा दिएपछि रिक्त भएको जनता बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा पर्शुराम कुँवर नियुक्त भएका छन् । ग्राण्ड बैंक प्रभु बैंकमा मर्ज भएपछि बैंकिङ क्षेत्राट बाहिर रहेका कुवँरलाई जनता बैंकले चार बर्षको लागि नियुक्त गरेको हो । केही दिन अघि कुमार लम्सालले पदबाट राजिनामा दिएका थिए । कुवँरले स्ट्याण्डर्ड चार्टर्डबाट बैंकिङ करियर शुरु गरेका थिए भने उनले सिटिजन्स बैंक, एनआइसी एशियामा पनि काम गरिसकेका छन् । उनले नेपाल बैंकको उच्च व्यवस्थापनमा बसेर समेत काम गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित