थप ४५१ मा संक्रमण, नेपालमा ६ हजार २ सय भन्दा बढी संक्रमित देखिए

Corona_Test_2

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयद्वारा नियमित आयोजना गरिँदै आएको कोरोना अपेडमा प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।

यससँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ६२ सय ११ जना पुगेको छ । उनीहरूमध्ये १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै रौतहटका १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, दैलेखका ९३ जना, दाङका ४३, महोत्तरीका ३०, सर्लाहीका २३, मोरङका २२, सुर्खेतका १९, बर्दियाका १६, रुपन्देहीका १२ र पाल्पा र पर्साका १०/१० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

धादिङका ९ जना, गुल्मीका ७, तनहुँ र बाँकेका ५/५ जना धनुषा, सिराहा रोल्पा र डोटीका ४/४ जना तथा सुनसरी, नुवाकोट, प्युठान, अर्घाखाँची, कैलाली, अछाम ३/३ जना, गुल्मीका दुई जना र चितवन, बारा, कपिलवस्तु र झापाका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै गत २४ घन्टामा ७३ जना उपचारपछि निको भई डिस्चार्ज भएसँगै नेपालमा अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १०४१ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित