भारत चिन झडपमा चीन तर्फ कमान्डिङ अधिकारीसहित ४० बढी सैनिक मारिएको दाबी

Ladak War
एजेन्सी ।

भारतीय र चिनियाँ सैनिकबीच लद्दाख सीमा क्षेत्रमा भएको झडपमा भारतमा २० जनाको मृत्यु भएको र १ सय ३५ घाइतेमध्ये चार जवानको स्थिति चिन्ताजनक रहेको जनाउँदै चीन तर्फ कमान्डिङ अधिकारीसहित ४० बढी सैनिक मारिएको भारतीय समाचार माध्यमले दाबी गरेका छन् ।

तीन घण्टा चलेको यो झडप दुई परमाणु शक्ति सम्पन्न देशबीच लद्दाखमा १४ हजार फिट अग्लो गालवन भ्यालीमा भएको हो । उक्त हमलामा ढुङ्गा, लठ्ठी र धारिलो हतियार प्रयोग गरिएको थियो ।

लद्दाखको गालवन भ्यालीमा सोमबार राति झडप भएको हो । पछिल्लो केही समय यता सो क्षेत्रमा दुई देशबीच तनाव जारी रहेको छ । तनावलाई कम गर्न दुईदेशबीच छलफल भइरहँदा १५ जुन साँझदेखि थप तनाव सिर्जना भएको हो ।

केही समय यता लद्दाखमा भारत र चीनबीच सीमाका विषयमा विवाद हुँदै आएको थियो । दुबै पक्षले सीमा क्षेत्रमा सैनिक संख्या बढाएका थिए ।

भारतीय सञ्चार माध्यमहरुले दुवै देशका सैनिक अधिकारीबीच वार्तापछि चिनियाँ सैनिकले सैनिकको संख्या घटाएको जनाएका थिए।

झडपको विषयलाई लिएर दुवै देशले एक अर्कालाई दोषारोपण गरेका छन् ।

यसअघि सन् १९७५ दुई देशका सेनाबीच अरुणचलको तुलुङ लामा गोली चल्दा असम राइफल्सका चार जवानको ज्यान गएको थियो। त्यसछि सन् १९६२ मा भारत र चीनबीच एक महिने युद्ध भएको थियो।

लद्दाखमा गत एक महिनादेखि भारतीय र चिनियाँ सैनिकबीच तनाव जारी छ। जसको निकास खोज्न जुन ६ का दिन दुई देशका सैन्य अधिकारीबीच वार्ता भएको थियो। त्यसयता लगातार थुप्रै चरणका वार्ता भए पनि तनाव भने कम भएको थिएन।

पछिल्लो समय लद्दाखमा दुवै पक्षले भौतिक संरचना निर्माणको गति र सेना तथा हतियारको संख्या वृद्धि गरिरहेका छन्।

चीनले यसबारे केही जानकारी दिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित