यी हुन् लाख बढी संक्रमित पुग्ने विश्वका १८ मुलुक, उद्गमस्थल चीन २१ औं स्थानमा

WM

 

काठमाडौं । सन् २०१९ को अन्तिमतिरबाट सुरु भएको विश्वमहामारी कोरोना भाइरसका कारण हालसम्म ८५ लाख भन्दा बढी संक्रमित भएका छन् भने ४ लाख ५६ हजार भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् ।

पछिल्लो तथ्यांकअनुसार हालसम्म विश्वमा ८५ लाख ७६ लाख ७ सय ५६ जनामा संक्रमण देखिएको कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या पछिल्ला दिनमा बढ्दो क्रममा रहेको छ । त्यस्तै हालसम्म ४ लाख ५६ हजार २ सय ६२ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भइरहेको अवस्थामा ५४ हजार भन्दा बढी अझै पनि गम्भीर अवस्थाका बिरामी रहेको जनाइएको छ । त्यस्तै ४५ लाख १३ हजार ३ सय ४४ जना संक्रमणपछि निको भइसकेको तथ्यांकमा देखिएको छ ।

हालसम्म सबैभन्दा धेरै संक्रमित र मृत्यु हुनेको सूचीमा विश्वमहारथी अमेरिका नै रहेको छ । अमेरिकामा हालसम्म २२ लाख ६३ हजार ६ सय ५१ जनामा संक्रमण देखिएको छ भने १ लाख २ हजार ६ सय ८८ जनाको मृत्यु भइसकेको छ ।

अमेरिकापछि सबैभन्दा धेरै संक्रमित र मृत्यु हुनेको सूचीमा ब्राजिल रहेको छ । ब्राजिलमा हालसम्म ९ लाख ८३ हजार ३ सय ५९ जनामा संक्रमण देखिएको छ भने ४७ हजार ८ सय ६९ जनाको मृत्यु भइसकेको छ ।

संक्रमितको तुलनामा कम मृत्युदर रहेको रसिया संक्रमितको सूचीमा तेस्रो स्थानमा रहेको छ । रसियामा हालसम्म ५ लाख ६१ हजार ९१ जना संक्रमित देखिएकोमा ७ हजार ६ सय ६० जनाको मृत्यु भएको छ ।

पछिल्ला दिनमा नेपालको छिमेकी एवं सार्क सदस्य राष्ट्र भारतमा संक्रमित र मृतकको संख्या तीब्रगतिमा बढ्दै गएको छ । भारतमा हालसम्म ३ लाख ८१ हजार ९१ जनामा संक्रमण देखिएको छ भने १२ हजार ६ सय ४ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै बेलायतमा हालसम्म ३ लाख ४ सय ६९ जनामा संक्रमण देखिएको छ भने ४२ हजार २ सय ८८ जनाको मृत्यु भइसकेको छ । बेलायत संक्रमितको सूचीमा पाँचौं स्थानमा रहेको छ भने मृतकको सूचीमा तेस्रो स्थानमा रहेको छ । तीन लाख भन्दा धेरै संक्रमित हुनेको सूचीमा अमेरिका, ब्राजिल, रसिया, भारत र बेलायत क्रमशः रहेका छन् ।

हालसम्म एक लाख भन्दा बढी संक्रमित हुने देशहरु १८ पुगेका छन् । नियन्त्रणमा पुगीसकेको उद्गमस्थल चीनमा भने पछिल्लो सातामात्र केही नयाँ संक्रमित देखिएबाट हालसम्म ८३ हजार ३ सय २५ जना संक्रमित देखिएका छन् । चीन संक्रमितको सूचीमा विश्वको २१ स्थानमा पुगेको छ ।

बेलायतपछि धेरै संक्रमित हुनेको सूचीमा क्रमशः छैटौंदेखि दशौंस्थानसम्म स्पेन, पेरु, इटाली, चिली र इरान रहेका छन् । त्यस्तै एघारौंदेखि १८ औं स्थानसम्म जर्मनी, टर्की, मेक्सिको, पाकिस्तान, फ्रान्स, साउदी अरेबिया, बंगलादेश र क्यानडा रहेका छन् । यी देशहरुमा हालसम्म संक्रमितको संख्या १ लाख बढी पुगेको छ ।

12

सार्क सदस्य राष्ट्र पाकिस्तान र बंगलादेशमा एक लाख भन्दा धेरै संक्रमित देखिएका छन् । पाकिस्तानमा हालसम्म १ लाख ६० हजार १ सय १८ जनामा संक्रमण देखिएको छ भने ३ हजार ९३ जनाको मृत्यु भइसकेको छ । त्यस्तै बंगलादेशमा हालसम्म १ लाख २ हजार २ सय ९२ जना संक्रमित देखिएका छन् भने १ हजार ३ सय ४३ जनाको मृत्यु भइसकेको छ ।

क्यानडापछि १९ औं र २० औं स्थानमा कतार र दक्षिण अफ्रिका रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित