भक्तपुरको विकासमा कसैले कुठाराघात गर्ने सोच नराखोस्ः सांसद् बस्नेत

 

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरमा निर्माण हुने कुनै पनि साना, ठूला योजना तथा राष्ट्रिय गौरवका आयोजनालाई यो वा त्यो बहानामा रोक्ने सपना नदेख्न चेतावनी दिएका छन् ।

सूर्यविनायक नगरपालिकाको सातौं नगरसभा, नीति तथा कार्यक्रम सार्वजनिक सभालाई सम्बोधन गर्दै सांसद बस्नेतले जनताको विकासप्रतिको चाहनालाई कसैले कुठाराघात गर्न नसक्ने स्पष्ट पारे । भक्तपुरमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला, कर्वोड हल, आधुनिक वीर अस्पताल, स्मार्ट सिटी, आधुनीक सभागृह, राष्ट्रिय प्राणी उद्यान, कोटेश्वर जडिबुटी सुरुङ मार्गलगायतका राष्ट्रिय गौरवका आयोजनाहरु बन्ने प्रकृयामा गएका छन् ।

जनमुखी पूर्वाधार विकासको क्षेत्रमा हुने नकरात्मक हस्तक्षेपलाई नतोडे आगामी पुस्ताले वर्तमान नेतृत्वलाई समेत सराप्ने भन्दै सांसद बस्नेतले भक्तपुरमा निर्माण हुने अन्तर्राष्ट्रिय रंगशाला, स्मार्ट सिटी लगायतको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले सडक तथा सदनमा विरोध रहेको भन्दै आक्रोस व्यक्त गरे । उनले राष्ट्रिय गौरवका आयोजनाका विकास कुनै पनि हालतमा नरोकीने समेत स्पष्ट पारे ।

आफ्नो क्षेत्रमा मात्र नभई अर्को क्षेत्रमा समेत गई सांसद सुवालले विकासको विरोध गरिरहेको उल्लेख गर्दै उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरको रंगशाला चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाले कहाँ बनाउने हो ? त्यो ठाउँ टुङ्गो गर्नुस्, एक वन्छ, दुई बन्छ, तीन वन्छ, इन्द्रेको बाउ चन्द्रे आए पनि रोक्न सक्दैन । स्मार्ट सिटी एक वन्छ–दुई बन्छ, राज्यको शुन्य लगानीमा बन्छ ।’

स्मार्ट सिटी बनाउने सरकारको गौरवको आयोजना भएको जसमा दुई वटा भक्तपुरमा दुई वटा वन्ने प्रकृयामा रहेको जसमा सूर्यविनायक क्षेत्रमा एउटा तथा चाँगुनारायण र मध्यपुर थिमी नगरपालिकामा एक वटा परेको जानकारी गराए । दुई वर्ष भित्रमा सम्पन्न गर्न सकिने उल्लेख गर्दै उहाँले शिपाडोल, नंखेल, चित्तापोल लगायतका क्षेत्रमा दुईवटा नयाँ सहर बनाउने कार्य अघि बढेको समेत जानकारी गराए ।

सूर्यविनायक क्षेत्रमा निर्मण गरिने स्मार्ट सिटी निर्माणको लागि रु ४० अर्वको अनुमान गरिएको जानकारी गराउँदै उहाँले उक्त रकम १० प्रतिशतको व्याजमा ऋण लिई सूर्यविनायक क्षेत्रमा विभिन्न वैंक, लगानी कोष तथा वित्तिय संस्थाहरुले लगानी गर्ने बताए । उक्त ऋणको चुक्ता बढीमा तीन वर्षसम्ममा फिर्ता गर्न सकिने उल्लेख गर्दै काम गर्ने साथै दुई वर्षमा निर्माण सम्पन्न गर्न सकिने बताए ।

अनियमितता, भ्रष्टाचार गर्नेलाई कारवाही प्रतिवद्धता पुन दोहोर्याउने उनले प्रधानमन्त्रीदेखी शिर्ष व्यक्तिसँग गाली गरेर मात्र समस्या समाधान नहुने साथै प्रक्रियागत रुपमा विधिसम्मत ढंगले अघि बढ्नुपर्नेमा जोड दिए। सरकारले शुसासन र भ्रष्टाचारको विषयमा वर्तमान सरकारले उत्कृष्ट कार्यहरु गरिरहेको उल्लेख गर्दै आरोप लागेका सवै मानिसलाई कानुनी कठघरामा ल्याएको उदाहरण सहित प्रस्तुत गर्नुभयो । रुकुम घटनामा संलग्न वडाध्यक्षलाई कानुनी कठघरामा ल्याएको समेत उनले बताए ।

प्रधानमन्त्रीले भनेको कुरालाई गलत व्याख्या गरी विभिन्न योजनाका साथ केही व्यक्ति वा समुह लागि परेको प्रति आक्रोस व्यक्त गर्दै उहाँले अदुवा, तातोपानी, वेसार इम्युनिटी पावर बढाउने महत्वपूर्ण वस्तु रहेको बताए । विभिन्न देशमा कोरोनाका कारण धेरैको संख्यामा मृत्यु समेत भएको उल्लेख गर्दै नेपालमा हालसम्म २२ जनाको मात्र मृत्यु हुनु भनेको नै नेपालीको इम्युनिटी पावर रहेको समेत बताए ।

उनले भने, ‘घरमा पाँच जना पाहुना आउँदा व्यवस्थापन गर्ने भन्ने चुनौती हुन्छ । त्यसैले कोरोना रोकथाम तथा नियन्त्रणको लागि अहिलेको क्वारेन्टाइनको व्यवस्थापन गर्न कठिन रहेता पनि तीन तहका सरकारले विशेष रुपमा काम गरिरहेको छ । त्यसको साथ सार्थ नेपालीमा इम्युनिष्ट पावर समेत बढी रहेको हुन्छ । जसमा नेपाली दैनिक जीवनमा खानपानमा प्रयोग गरीले अदुवा, तातोपानी, वेसारलगायतका कुराहरुले इम्युनिटी पावर वढाउने कार्य गर्छ भन्ने विभन्नि विद्वानहरुले समेत उल्लेख गरिसकेका छन् । सोही आधारमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई गलत अर्थ लगाउनुको कुनै तुक छैन । त्यस्तै कोरोना तथा मुलुकको विषम परिस्थितीमा प्रतिपक्षी भन्नेहरु खट्नु नपर्ने, विगहाउसहरु जिम्मेवारी हुनु नपर्ने ?’

 

प्रतिक्रिया

सम्बन्धित