अस्ट्रेलियाको उच्चस्तरीय बेबि ब्राण्ड 'ड्रिमबेबी' नेपाली बजारमा

Authorized National Distributor

 

काठमाडौं । बच्चाहरुको सुरक्षाका निम्ती प्रयोग हुने विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड ड्रिमबेबी अब नेपाली बजारमा आएको छ । नेपालका लागि आधिकारिक बितरक आईएमएसअन्तर्गतको आइएमएस लिटिल स्माइल्स्ले ड्रिमबेबीका सामाग्रीहरु नेपाली बजारमा भित्र्याएको हो ।

ड्रिम बेबीका सामानहरू विशेष रूपमा बच्चाहरुको हेरचाह र सुरक्षालाई मध्यनजर गरी डिजाइन गरिएका छन् । ड्रीमबेबीको सामानहरुः गेट, छेक्सनी, पोटी तालिमका सामान र खुवाउने सामाग्रीहरु सामेल छन् ।

ड्रीमबेबीका सामानहरू आइएमएस लिटिल स्माइल्स्का शोरूम, सिटी सेन्टर, कमलपोखरीमा उपलब्ध हुने आईएमएस ग्रुपका अध्यक्ष दिकेश मलहोत्राले बताए । अनलाइन डेलिभरीको लागि नेपालको एक मध्ये सबैभन्दा ठूलो अनलाइन मेगास्टोर स्मार्ट डोकोमा पनि उपलब्ध रहेको बताइएको छ ।

ग्राहकहरूलाई इन्ट्रोडक्टरी अफरको रूपमा ड्रीमबेबीका सामानहरूमा १० प्रतिशत छुटका साथै पाँच हजारभन्दा बढीको खरिदमा डाक्टर ब्राउनको रु. ९८० मूल्यको ४ वटा पेसिफायर मध्य शिशुको उमेर र मनपर्ने रङ्ग अनुसार एउटा पेसिफायर प्राप्त गर्न सकिने पनि कम्पनीले जनाएकोछ । डक्टरब्राउन अमेरिकाको उच्चस्तरीय बेबीबोतल ब्राण्ड हो । यस ब्राण्डको उत्पादनहरू बोतल, खुवाउने सामानदेखि लिएर पेसिफाइर, सिप्पिकप र अन्य धेरै छन् ।

ग्रुपका अध्यक्ष मलहोत्राले भने, ‘नेपालमा अर्को अन्तर्राष्ट्रिय ब्रान्ड ड्रीम बेबीको वितरक प्राप्त गर्न पाउँदा हामी अत्यन्तै हर्षित र गर्व महसुस गर्दछौं । आमाबुवाको प्राथमिकता भनेको नै बालबालिकाको सुरक्षा हुन्छ, त्यसकारण हामी हाम्रा नेपाली आमाबुबाको चिन्तालाई सम्बोधन गर्ने आशाको साथ ड्रीम बेबी नेपाली बजारमा उपलब्ध गराउन पाउँदा अत्यन्त खुशी छौै ।’

प्रतिक्रिया

सम्बन्धित