गण्डकीमा थप ५० मा कोरोना, बाग्लुङका २९ र नवलपुरका १८ जनामा कोरोना पुष्टी

Gandaki

पोखरा । गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै प्रदेशभर संक्रमितको संख्या ४ सय ८८ पुगेकाे स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

निर्देशनालयका अनुसार पछिल्लो अपडेटअनुसार बाग्लुङका २९ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यस्तै नवलपुरका १८ जना, तनहुँका २ जना र मुस्ताङका एक जनामा कोरोना संक्रमण देखिएको पुष्टी भएको छ । 

मुस्ताङमा पहिलोपटक कोरोना पोजेटिभ देखिएको हो । मुस्ताङ घरपजोङका ८३ वर्षीय वृद्धमा कोरोना पुष्टी भएको जनाइएको छ । 

यससँगै नेपालभर संक्रमितको जिल्ला ७५ पुगेको छ । यससँगै नेपालका रसुवा र अोखलढुंगाबाहेक सबै जिल्लाहरूमा कोरोना संक्रमित देखिएका छन् । 

 

प्रतिक्रिया

सम्बन्धित