छिमेकीको नियतिः पछिल्लो २४ घन्टामा मृतक संख्यामा भारतले अमेरिकालाई उछिन्यो

ind_Us

काठमाडौं । नेपालको छिमेकी मुलुक भारतले २४ घन्टामा मृत्यु हुनेको संख्यामा अमेरिकालाई उछिनेको छ । पछिल्लो २४ घन्टामा भारतमा ४ सय २६ जनाले ज्यान गुमाउँदा अमेरिकामा भने २ सय ४७ जनाको मात्र मृत्यु भएको छ ।

अमेरिकामा गत २४ घन्टामा २६ हजार ७९ नयाँ संक्रमित देखिएका छन् भने भारतमा १५ हजार १ सय ८३ जनामा देखिएको छ । हालसम्म अमेरिकामा सबैभन्दा धेरै संक्रमित र मृतक रहेको अमेरिकामा हालसम्म २३ लाख ५६ हजार ६ सय ५७ जनामा संक्रमण देखिएको छ भने १ लाख २२ हजार २ सय ४७ जनाको मृत्यु भएको छ ।

त्यस्तै भारतमा संक्रमितको संख्या ४ लाख २६ हजार ९ सय १० पुगेको छ भने मृतकको संख्या १३ हजार ७ सय ३ पुगेको छ । भारतमा पछिल्लो २४ घन्टामा १५ हजार १ सय ८३ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म विश्वमा ९० लाख ४४ हजार ५ सय ४४ संक्रमित भएका छन् भने ४ लाख ७० हजार ६ सय ६५ जनाको मृत्यु भएको छ । त्यस्तै ४८ लाख ३७ हजार ९ सय ३९ जनामा कोरोना निको भएको समाचार प्रकाशित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित