सिआईबीको हिरासत गौचन हत्याका मुख्य योजनाकार बस्नेतका लागि ससुराली ?

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समिरमानसिंह बस्नेत अनुसन्धानको क्रममा यतिखेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को हिरासतमा छन् ।

हिरासतमा रहेका व्यक्तिलाई सिआईबीले एकाघरका परिवार र कानुन व्यवसायी बाहेक अन्य व्यक्तिलाई भेट्न दिँदैन । तर, गौचन हत्याका मुख्य योजनकार भन्दै सिआईबीले सार्वजनिक गरेका बस्नेत भने बिहान उज्यालो भएदेखी साँझ नपरेसम्म भेटघाट मै व्यस्त हुने गरेको स्रोतको दाबी छ ।

यतिमात्र नभए बस्नेत दिनभर हिरासतमा नबसी, सिआईबीको कम्पाउन्डमा रमाउँदै आएका छन् । भारतमा बसेर नेपालमा गुण्डागर्दी गर्दै आएका बस्नेतलाई नेपाल प्रहरीका डिएसपी कुमुद ढुंगेलको योजनामा नेपाल ल्याईएको थियो । डिएसपी ढुंगेल रामेछाप जिल्लाका प्रहरी प्रमुख हुन् ।

सिआईबीको विशेष अनुरोधमा डिएसपी ढुंगेलले ज्यान बचाईदिने आश्वासनमा बस्नेतलाई नेपाल झिकाएका हुन् । अन्य प्रहरी युनिटले पक्राउ गर्दा ईन्काउन्टरमा पर्न सक्ने भएपछि बस्नेत नाताले दाई पर्ने डिएसपी ढुंगेलले पठाएको सिआईबी टोलीसँग नेपाल आएका हुन् ।

प्रहरी इन्काउन्टरमा घैंटे भनिने कुमार श्रेष्ठ मारिएपछि बस्नेतको समूहले प्रहरीका दुई अधिकृतलाई निशानामा राखेका थिए । त्यसको सुँईको तत्कालिन समयमा अपराध महाशाखाका एसएसपी हालका डिआईजी सर्बोन्द्र खनालले पाएपछि बस्नेत फरार भई दिल्ली पुगेका थिए ।दिल्ली पुगेका बस्नेतले योजनाबद्ध तरीकाबाट नेपालमा चन्दा आतंक मच्चाउँदै आएका थिए । सोही क्रममा निर्माण व्यवसायी गौचनको हत्या गराएका थिए । गौचन हत्या पश्चात् अनुसन्धानमा जुटेको डिआईजी गणेश केसी संयोजक भएको समितिले घटनामा संलग्न चार जनालाई पक्राउ गर्दै प्रमुख योजनाकार बस्नेत भएको निष्कर्ष निकालेको थियो ।गौचन हत्यामा मुख्य योजनाकार बस्नेत भएको सार्बजनिक भएपछि सिआईबीको टिम बस्नेत पक्राउ गर्न लागिपरेको थियो । तर बस्नेतलाई पक्राउ गर्न त्यति सहज भने थिएन ।गौचन हत्या हुन दुई महिना अगाडीदेखि नै सिआईबीको टोली बस्नेत र मनोज पुन खोज्दै दिल्ली र गोवा पुगेको थियो । तर कुनै सुँईको पाउन सकेको थिएन । गौचन हत्यापश्चात् डिएसपी ढुंगेलको अनुय बिनयमा बस्नेतले आत्मा सर्मपण गरेका हुन् । पक्राउ परेका बस्नेतलाई सिआईबीले आफै अनुसन्धान गर्दै आएको छ ।उता, डिआईजी गणेश केसीको नेतृत्वमा बनेको अनुसन्धान समितिले नेपालका विभिन्न स्थानबाट पक्राउ गरेको अन्य आरोपीलाई महानगरीय प्रहरी परिसर टेकुले अनुसन्धान गर्दै आएको छ । यसअघि सिआईबीले पनि पक्राउ परेका अभियुक्तहरुलाई सम्बन्धित प्रहरी युनिटमा अनुसन्धानका लागि पठाउने गर्दै आएको थियो ।तर, गौचन हत्या प्रकरणमा भने त्यसो गरेन । सिआईबीले बस्नेतलाई भारतको दिल्लीबाट पक्राउ गरी ल्याएता पनि छानविन समितिलाई नबुझाई आफै मुद्दा चलाएपछि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।बस्नेत पक्राउ पर्नु केही समयअघि पनि सिआईबीले काठमाडौंको कपनबाट हतियरसहित पक्राउ परेका दुई जनालाई उक्त समितिको जिम्मा लगाएको थियो । गौचन हत्यामा हतियारको व्यवस्था गरेको अभियोगमा पक्राउ परेका बसन्त थेवे र धनराज योङहाङलाई सिआईवीले केसी नेतृत्वको छानविन समितिमा जिम्मा लगाएको थियो । तर, बस्नेतलाई भने सिआईवी आफैले अनुसन्धान थालेपछि सिआईवीको छानबिन माथि प्रश्न उठेको छ ।बस्नेतले प्रहरीसँगको बयानमा भनेका थिए, ‘गौचनको हत्या मेरो योजनामा भएको हो र दावा लामामाथि गोली पनि मैले नै हान्न लगाएको हुँ । तर, सम्पूर्ण टिममा खटिने व्यवस्था लोप्साङ लामाले गरेको हो । मनोज पुनसँग दुर्गा तिवारीको हत्यापछि अलग भइसकेका छौं । म र तिवारीबीच अहिले सम्बन्ध छैन ।’सबैभन्दा अचम्मको कुरा त के छ भने बस्नेत आफैले स्वीकार गर्दा पनि उनलाई कारबाही गरेर यस्ता अपराधका घटनाहरु कम गराउनुको साटो अपराधीलाई नै उन्मुक्ति दिने प्रयास हुन थालेपछि प्रहरीको विश्वास घट्ने देखिएको हो ।विगतमा प्रहरीले गुण्डा नाइकेहरु दावा लामा, मिलन चक्रे, रमेश बाहुन जस्ता बस्नेतका बिरोधीलाई पक्राउ गर्दा लागूऔषध र हतियार बरामद गरेको थियो । बस्नेतका शत्रु अर्का गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’को त प्रहरी इन्काउण्टर परि मृत्यु भैसकेको छ । तर, हतियारधारी समूह चलाउने बस्नेतलाई भने किन ससुराली घरमा राखेझै राख्ने र सजाय कम गराउने उपाय खोजिँदै छ रु आपाराधका श्रृंखला बढाउन कि बस्नेतसँग आर्थिक चलखेल गरी प्रहरी मोटाउन रु गम्भिर प्रश्न उब्जिएको छ ।समिरमान बस्नेतले विदेशमा नै बसेर आपराधिक गतिविधि गर्ने र ती गतिविधिलाई लुकाउन प्रहरीदेखि राजनीतिक दलसम्मको सेटिङ मिलाउने गरेको देखिएको छ । समिरमानले कुनै पनि अपराधिक समूहसँग काम नहुन्जेल सम्बन्ध राख्ने र त्यसपछि छुट्ने गरेको देखिएको छ । पुनसँगको सम्बन्ध पनि कमिसनमा विवाद बढेपछि छुटेको प्रहरीले जनाएको छ ।बस्नेतले गत असोज २३ गते नयाँ बानेश्वरको प्रयागमार्गमा व्यवसायी शरदकुमार गौचन र २०७३ साल पुस ४ गते रुपन्देही देवदह नगरपालिका खैरहनीमा एमालेको भातृ संगठन युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्याको जिम्मेवारी लिएका थिए ।बस्नेतले गत चैत २९ गते गुह्येश्वरी फाँटमा दावा लामालाई गोली हानेको समेत प्रहरी समक्ष स्वीकार गरेका थिए । यसरी प्रहरीकै सामुन्ने छाती फुलाएर गर्बका साथ दुई जनाको हत्या र एक जनामाथि गोली हान्न लगाएको स्विकार गर्ने अपराधी बस्नेतमाथि गरिएको व्यवहारले उनलाई बचाउन खोजिएको प्रष्ट देखिन्छ ।विगत साढे दुई वर्षदेखि समिर देशबाहिर बसेर नेपालभित्र आपराधिक गतिविधि गर्दै आएको प्रहरीको दावी छ । समिरमान बस्नेत र मनोज पुन एउटै समूह बनाएर नेपालमा आपराधिक गतिविधि गरेको भनिए पनि समिरले भने आर्थिक विवादका कारण पुनसँगको सम्बन्ध टुटिसकेको दावी गरेका छन् । पुन दुर्गा तिवारीको हत्या अभियोगमा प्रहरीको खोजी सूचीमा छन् ।तर, भारतमा रहेका बस्नेतलाई नेपाल ल्याउन सफल भएको सिआईबीको टोलिले दुई महिनासम्म् किन लोप्साङ, रोशन बुढाथोकी, बोका भन्ने गंगा लिङ्देन लिम्बु, श्यामबहादुर गुम्बे, सुटर अम्बरबहादुर राना, र अजय थापालाई पक्राउ गर्न सकेनरु प्रहरीले यसअघि गौचनको हत्यामा संलग्न सुटरसहित सात जना पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा मुख्य सुटर नुवाकोटका राजीव लामा स्याङ्तान, पर्साका शिवजी महतो, भारत विहारका मुकेश पाण्डे, चितवनका सन्तोष गुरुङ, नागार्जुनका प्रकाश बुढाथोकी, ताप्लेजुङका वसन्त थेबे र पाँचथरका धनराज योङहाङ थिए ।को हुन् बस्नेत ?नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको मुख्य योजनाकार समिरमानसिंह बस्नेत काठमाडौं १३ बाफलका स्थानीयबासी हुन् । आप्mना मित कुमार श्रेष्ठ ‘घैंटे’ प्रहरी इन्काउन्टरमा मारिएपछि उनी भारत पलायन भएका हुन् ।भारतका विभिन्न सहरमा बस्ने र नेपालका व्यवसायीलाई उनले तर्साउने गर्दथे । व्यवसायीलाई आतंकित पारेर उनले करोडौं रुपैयाँ असुल गर्दै आएका थिए ।आफ्नो मीतलाई प्रहरीले मारेको भन्दै त्यसको जवाफ फर्काउने चेतावनीसहित उनी भारत पसेर नेपालमा आपराधिक क्रियाकलाप गर्दै आएका थिए । सबैभन्दा पहिले ८ वर्षअघि उनी, दिनेश अधिकारी चरी र राधे भण्डारी मिलेर ठेक्कापट्टामा लागेका थिए । पछि लेनदेनको विषयमा चरी र घैंटेबीच विवाद भयो । त्यसपछि घैंटेले राधे र समिरलाई लिएर चरीलाई एक्लै बनाए ।त्यसपछि गुन्डानाइके रमेश बाहुन गुन्दागर्दीमा संलग्न भए । रमेश र समिर मिलेर काम गर्न थाले । उनीहरूबीच पनि लेनदेनका विषयमा झगडा भयो । समिरले रमेशको पोल्टीफार्ममा गएर गोली हाने । पछि समिरले प्रहरीमा फरार सूचीमा रहेका युवाहरू भेटेर आफ्नो समूहमा ल्याए । घैंटेसँग मिलेर निर्माण क्षेत्रमा केही रकम हाले ।त्यसैताका घैंटे इन्काउन्टरमा मारिए।प्रहरीले घैंटेका मित भन्दै उनलाई पनि खोज्न थाल्यो । प्रहरीमा राम्रो पडक बनाएका समिर प्रहरीकै सुराकीमा लुक्न भारत पुगे । भारतमा मनोज पुनसँग उनको भेट भयो ।१ वर्षजति उनीसँग मिलेर काम गरे । तर, पछि पुनसँग झगडा परेर समिर एक्लिएका थिए । समिरविरुद्ध ३ ठूला आरोप छन् । २०७३ साल युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या, २०७३ असोज २३ गते गौरीघाटस्थित दिब्या पार्टी प्यालेसमा गुन्डानाइके दाबा लामामाथि ३ राउण्ड गोली प्रहार र २०७४ साल निर्माण व्यवसायी संघका अध्यक्ष शरद कुमार गौचनको गोली हानी हत्या ।अहिले प्रहरी हिरासतमा रहेका बस्नेतलाई प्रहरीले नै ससुराली घरमा राखेझै गरी उनले भने अनुसारको सेवा र सुविधा प्रदान गरेर अनुसन्धान गरिरहेको स्रोतको दावी छ । अरुलाई पक्राउ गर्दा भनेको बेलामा हत्कडी लगाएकै बेलामा पनि भेट्न नदिने प्रहरीले बस्नेतलाई भने बिहानदेखि बेलुकासम्म भेटघाट गर्न दिने र उनले भने अनुसार बाहिर जान समेत दिने गरेको छ । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित