उपत्यका भित्रिनेलाई १४ दिन क्वारेन्टाइन बसे पुग्ने, तत्काल पीसीआर गर्नु नपर्ने

J_1

काठमाडौं । पछिल्ला दिनमा उपत्यका भित्रिनका लागि सर्वसाधारणबाट आएको गुनासोसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं प्रवेश गर्ने व्यक्तिले तुरून्त पिसिआर परीक्षण गर्न नपर्ने जनाएको छ।

मन्त्रालयद्वारा नियमित आयोजना गरिँदै आएको कोरोना अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले भाडामा बस्नेहरू उपत्यका आउँदा केही घरबेटीहरूले पिसिआर परीक्षण नगरी घरमा प्रवेश गर्न रोक लगाएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाए।

डा. गौतमले उपत्यका भित्रिने सर्वसाधारणले आउनेबित्तिकै पिसिआर परीक्षण गर्न नपर्ने भन्दै १४ दिन होम–क्वारेन्टिनमा नै बस्नु पर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित