हेर्नुहोस् २४ घन्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (पूरा विवरण सहित)

Corona_Test

 

काठमाडौं । नेपालमा देशभर पछिल्लो २४ घन्टामा थप ५ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै नेपालमा संक्रमितको संख्या १० हजार नाघेको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका २, अर्घाखाँचीका २, बागलुङका ६, बझाङका १९, बाजुराका २०, डडेल्धुराका १, धादिङका १८, गोरखाका १३, गुल्मीका ३, कैलालीका १६, कञ्चनपुरका ९, कास्कीका ७, नवलपरासी पूर्वका २१, पर्वतका २१, प्यूठानका ५, रौतहटका १३, रुपन्देहीका १, सर्लाहीका २, सिरहाका ७, स्याङजाका ९ र तनहुँका १ जनामा कोरोना पाइएको छ।

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका १, सुनसरीका ३ र सप्तरीका २ जना संक्रमित भेटिएको छ।

कोशी अस्पताल विराटनगर प्रयोगशालामा मोरङका १, तेह्रथुमका २ र झापा ९ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका २ जना, मोरङका जनामा कोरोना संक्रमण पुष्टि भएको हो। राजविराजस्थित प्रयोगशालामा सप्तरीका १७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा महोत्तरीका १२ र सप्तरीका ३ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए ।

यस्तै, किट रोग अनुसन्धान तालिम केन्द्र हेटौडा प्रयोगशालामा धनुषाका ३९ छन् भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गोरखाका १६, स्याङजाका ६, बागलुङका ८, कास्कीका १, लमजुङका ५, नवलपरासी पूर्वका १, तनहुँका ७, स्याङजाका ७ र पर्वतमा १ जना कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रादेशिक स्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका २, पाल्पाका ४८, रुपन्देहीका २ र प्यूठानका ४५ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका १९, सुर्खेत प्रयोगशालामा सल्यानका ४, सुर्खेतका २३ जना , दैलेखका १५ जना र हुम्लाका १जना संक्रमित भएको पाइएको मन्त्रालयले जानकारी दिएको छ। यस्तै कर्णाली स्वास्थ्य विज्ञान जुम्ला प्रयोगशालामा कालीकोटका १ र दैलेखका १९ जना कोरोना भेटिएको छ ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा अछामका ५, बझाङका ३ र डडेल्धुराका ३, कैलालीका २२ र कञ्चनपुरका ८ जना कोरोना संक्रमित पाइएका छन्। हालसम्म नेपालमा कोरोना संक्रमित भएर उपचाररत २ हजार २ सय २४ जना निको भएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित