नवलपुरमा थप ३८ जनामा कोरोना संक्रमण, बुलिङटारमा १५ र बौंदीकालीमा थप १० मा संक्रमण पुष्टी

Nawalpur_1

नवलपुर । नवलपुर जिल्लामा पछिल्लो तथ्यांकअनुसार थप ३८ जना कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य निर्देशनायका अनुसार नवलपुरको बुलिङटार गाउँपालिकाका १५ जनामा कोरोना पुष्टी भएको छ । त्यस्तै नवलपुरकै बौंदीकाली गाउँपालिकाका थप १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

सैगरी गैंडाकोट नगरपालिकाका १ महिला र १ पुरुष गरी २ जना, कावासोती नगरपालिकाका ९ जना पुरुष र एक ९ वर्षीया बालिकामा कोरोना पुष्टी भएको जनाइएको छ । त्यसैगरी एक जना ठेगाना नखुलेका २१ वर्षीय पुरुषमा कोरोना देखिएको जनाइएको छ ।

स्वास्थ्य निर्देशनालय पोखराद्वारा जारी विज्ञप्तिअनुसार गण्डकी प्रदेशका ७ जिल्लामा थप १ सय ४ जनामा कोरोना संक्रमण देखिएको पुष्टी भएको छ ।

निर्देशनालयका अनुसार गण्डकी प्रदेशको बाग्लुङमा ६ जना, कास्कीमा ७ जना, पर्वतमा २१ जना, नवलपुरमा ३८ जना, तनहुँमा १ जना, स्याङ्जामा १३ जना र गोरखामा १८ जना गरी कूल १ सय ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

यससँगै गण्डकी प्रदेशमा हालसम्म जम्मा ६ सय ९७ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित