इटालीयन प्रविधि जडीत अत्याधुनिक चिम्नी र चुलो नेपाली बजारमा

काठमाडौं : इटालीयन प्रविधि जडीत विश्वप्रसिद्ध भारतीय आल्दा कम्पनिद्धारा उत्पादित अत्याधुनिक चिम्नी र चुलो नेपाली बजारमा भित्रिएको छ । काठमाडौ पुतलिसडकमा रहेको स्मार्ट कमर्सियल इन्टरप्राइजेजले विश्व प्रख्यात आल्दा कम्पनिका चिम्नी र चुलो नेपाली बजारमा ल्याएको हो । चिम्नी र चुलो उच्च गुणस्तरीय, टीकाउ तथा भरपर्दो रहेको र किचनका लागी निकै उपयोगी रहेको स्मार्ट कमर्सियल इन्टरप्राइजेजको दावी छ । सबै बर्गका लागी उपयोगि रहेको चिम्नी र चुलोमा एक बर्षको ग्यारेन्टी रहेको सञ्चालक रामहरी दाहालले जानकारी दिए । चिम्नी र चुलोका साथै मोडुलर किचन सँग सम्बन्धित आधुनिक र किफायती एसेसरिज र हार्डवेयर समान पनि उपलब्ध रहेको स्मार्ट कमर्सियल इन्टरप्राइजेजका सञ्चालक दाहालले बताए। गुणस्तरी,भरपर्दो टीकाउ र नेपाली बजारमा पहिलो भएकाले नेपाली बजारमा निकै लोकप्रिय हुने विश्वास इन्टरप्राइजेजको छ ।

प्रतिक्रिया

सम्बन्धित