भक्तपुरमा गोठमा आगलागी हुँदा तीन गाई र एक बाच्छा मरे

Fire
भक्तपुर ।
भक्तपुरको एक गोठमा आगलागी हुँदा तीन गाई र एक बाच्छा मरेका छन् । बुधबार राति पौने १२ बजे भक्तपुर सूर्यविनायक नगरपालिका ८ सिपाडोल बस्ने ३० वर्षीया पार्वती थापाको गोठमा आगलागी भएको हो ।

महानगरीय प्रहरी वृत्त, जगातीका डिएसपी चक्रराज जोशीका अनुसार कुडो पकाउने क्रममा चुल्होबाट आगो सल्किएर घर अगाडि जस्ताले बारेको एक तले कच्ची गोठमा आगलागी भएको र स्थानीय मिलेर आगो निभाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित