मुक्तिनाथ बाबापछि कृष्णदास महाराजको आशिर्वाद लिंदै प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा श्रीमती आरजुका साथ स्वामी कृष्णदास महाराजको शरणमा पुगेका छन् । प्रधानमन्त्री बनेर जनताको नाममा सपथ खाए लगत्तै देउवा पत्नीका साथ आशीर्वाद लिन महाराजको शरणमा पुगेका हुन् । विराटनगर र पोखरामा आठ दिनसम्म भूसमाधीमा बसेर सबैलाई अचम्मित बनाएका कृष्णदाससँग देउवाले आशिर्वाद लिएको तस्विर सार्वजनिक भएको छ । यसअघि भारतीय तत्कालिन राजदूत रञ्जित रे, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री कृष्णबहादुर महरा, उपप्रधानमन्त्री विजयकुमार गच्छदार, एमाले अध्यक्ष केपी शर्मा ओली, सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश दामोदर शर्मालगायतले पनि शक्तिपीठका रुपमा हेरिने कृष्णदासजस्ता धेरै महाराजहरुलाई भेटिसकेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयु्क्त लोकमानसिंह कार्कीले त मुक्तिनाथ बाबा एवम् स्वामी कमलनयनचार्यकाे साप्ताहिक रुपमा दर्शन गर्ने गर्दथे । पछिल्लो समयमा स्वामी कमलनयनचार्य भन्दा कृष्णदास महाराजको चर्चा बढि हुने गरेको छ । कमलनयनचार्यलाई त सरकारले नवलपरासी र भक्तपुरलगायतका विभिन्न ठाउँका जंगल नै मासेर आश्रम निर्माण गर्न दिएको छ ।

देश र जनता गरिव नभए पनि देशका नेताहरुका कारण हिन्दू राष्ट्र बरबाद हुँदै गएको भन्दै बाबाहरुले नेताहरुलाई हिन्दू धर्म जोगाउन अर्ति उपदेश दिंदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित