विश्वभर ९७ लाख पुगे संक्रमित संख्या, ४ लाख ९० हजार बढीको मृत्यु

world-corona

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ९७ लाख नजिक पुगेको छ । पछिल्ला दिनहरुमा संक्रमितको संख्या तीब्रगतिमा बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा १ लाख ७६ हजार ९ सय ७ जना नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९७ लाख १ हजार ५ सय ६२ पुगेको हो ।

त्यस्तै हालसम्म कोरोना कारण ज्यान गुमाउनेको संख्या ४ लाख ९० हजार ९ सय ३३ पुगेको छ । पछिल्लो २४ घन्टामा ५ हजार १ सय २४ जनाले ज्यान गुमाएका छन् ।

हालसम्म विश्वमा सबैभन्दा धेरै संक्रमित अमेरिकामा रहेका छन् । पछिल्लो २४ घन्टामा ३७ हजार ९ सय ७ जना नयाँ संक्रमित थपिएसँगै अमेरिकामा हालसम्म २५ लाख २ हजार ३ सय ११ जना संक्रमित देखिएका छन् भने १ लाख २६ हजार ७ सय २६ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै ब्राजिलमा संक्रमितको संख्या १२ लाख ३३ हजार १ सय ४७ पुगेको छ । पछिल्लो २४ घन्टामा ४० हजार ६ सय ७३ जना संक्रमित देखिएको ब्राजिलमा हालसम्म ५५ हजार ५४ जनाको मृत्यु भइसकेको छ ।

नेपालको छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमितको संख्यामा रेकर्ड कायम भएको छ । २४ घन्टामा १८ हजार १ सय ८५ जनामा संक्रमित देखिएसँगै भारतमा अहिलेसम्ममा २४ घन्टामा सबैभन्दा धेरै संक्रमित देखिएको हो । भारतमा हालसम्म ४ लाख ९१ हजार १ सय ७० जना संक्रमित देखिएका छन् भने मृतकको संख्या १५ हजार नाघेको छ ।

पछिल्लो २४ घन्टामा ४ सय १ जनाको मृत्यु भएसँगै हालसम्म भारतमा १५ हजार ३ सय ८ जनाको मृत्यु भएको छ । हालसम्म विश्वभर ५२ लाख ५२ हजार ४ सय ७० जना कोरोना मुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित