विश्वभर संक्रमितको संख्या करोड नजिक, मृत्यु हुनेको संख्या ५ लाख पुग्न लाग्यो

world-corona

काठमाडौं । पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या ९९ लाख नजिक पुगेको छ ।

पछिल्लो २४ घन्टामा करिब २ लाख जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म विश्वमा संक्रमितको संख्या ९८ लाख ९६ हजार ९ सय ४७ पुगेको छ । एकैदिनमा १ लाख ९२ हजार ५ सय ९० संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै एकैदिनमा थपिएको उच्च संख्या हो ।

त्यस्तै हालसम्म मृत्यु हुनेको संख्या ४ लाख ९६ हजार ४५ जना पुगेका छन् । पछिल्लो २४ घन्टामा ४ हजार ८ सय ५९ जनाको मृत्यु भएको छ ।

हालसम्म सबैभन्दा धेरै संक्रमित र मृतकको संख्या अमेरिकामा पुगेको छ । अमेरिकामा पछिल्लो २४ घन्टामा ४६ हजार ८ सय ३१ जना नयाँ संक्रमित थपिएका छन् भने ६ सय ४२ जनाको मृत्यु भएको छ । अमेरिकामा हालसम्म १ लाख २७ हजार ६ सय १९ जनाको मृत्यु भएको छ ।

अमेरिकासँगै ब्राजिलमा पनि पछिल्लो २४ घन्टामा ४६ हजार ९ सय ७ जनामा संक्रमण देखिएको छ । ब्राजिलमा हालसम्म १२ लाख ८० हजारभन्दा बढी संक्रमित देखिएका छन् भने ५६ हजार १ सय ९ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै नेपालको छिमेकी मुलुक भारतमा १८ हजार २ सय ७६ जना नयाँ संक्रमित देखिएका छन्, जुन संख्या पनि एकैदिन भारतमा देखिएका संक्रमितको सर्वाधिक संख्या हो ।

 

प्रतिक्रिया

सम्बन्धित