देशैभर फैलियो कोरोना, रसुवामा पनि संक्रमण देखियो

coooo

काठमाडाैं । रसुवा जिल्लामा कोरोना संक्रमित देखिएसँगै नेपालमा देशका ७७ वटै जिल्लामा कोरोना पुगेको छ ।  स्वास्थ्य मन्त्रालयद्वारा नियमित गरिँने कोरोना अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले उक्त कुरा बताएका हुन् 

त्यस्तै गाैतमका अनुसार पछिल्लो तथ्यांकअनुसार देशभर नयाँ संक्रमितको संख्या ५५४ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा ५५४ जना नयाँ संक्रमित देखिएसँगै हालसम्म देशभर १२३०९ जना संक्रमित पुगेका छन् ।

गाैतमका अनुसार गत २४ घन्टामा १३६ जना डिस्चार्ज भएका छन् । यससँगै अहिलेसम्म कोरोना मुक्त हुनेको संख्या २ हजार ८ सय ३४ पुगेको छ । 

गाैतमले चितवनमा कैलालीका एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको बताउँदै यससँग २८ जनाको मृत्यु भएको बताए । 

 

 

प्रतिक्रिया

सम्बन्धित