नेपालमा थप ३१६ संक्रमित, जम्मा संक्रमित १३ हजार ५ सय नाघ्यो

J_1

 

काठमाडाैं । देशभर नयाँ संक्रमितको संख्या ३१६ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा ३१६ जना नयाँ संक्रमित देखिएसँगै हालसम्म देशभर १३५६४ जना संक्रमित पुगेका छन् ।

स्वास्थ्य मन्त्रालयद्वारा नियमित गरिँने कोरोना अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले उक्त कुरा बताएका हुन् । 

गाैतमले अहिले १० हजार ३ सय ४१ जना संक्रमितहरू उपचारका क्रममा रहेको बताए । 

गाैतमका अनुसार गत २४ घन्टामा ६० जना डिस्चार्ज भएका छन् । यससँगै अहिलेसम्म कोरोना मुक्त हुनेको संख्या ३ हजार १ सय ९४ पुगेको छ । 

हालसम्म नेपालमा कोरोना संक्रमणाबाट ज्यान गुमाउनेको संख्या २९ जना पुगेको छ । 

प्रतिक्रिया

सम्बन्धित