छिमेकीको नियतिः संक्रमित संख्यामा रेकर्ड कायम, एकैदिन २४ हजार भन्दा बढीमा संक्रमण

ind

काठमाडौं । भारतमा कोरोना संक्रमितको सूची र मृत्यु हुनेको संख्यामा रेकर्ड कायम भएको छ ।

पछिल्लो २४ घन्टामा भारतमा २४ हजार १५ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको सूचीमा भारतमा रेकर्ड कायम भएको हो । त्यस्तै कोरोनाबाट मृत्यु हुनेमा पनि पछिल्लो २४ घन्टामा रेकर्ड कायम भएको छ । भारतमा पछिल्लो २४ घन्टामा ६ सय १० जनाको मृत्यु भएको छ ।

पछिल्लो तथ्यांकअनुसार हालसम्म भारतमा ६ लाख ७३ हजार ९ सय ४ जना संक्रमित पुगेका छन् भने मृतकको संख्या १९ हजार २ सय ७९ पुगेको छ ।

पछिल्लो २४ घन्टामा विश्वभर नयाँ संक्रमितको संख्या १ लाख ८९ हजार ७० जना रहेको छ, जुन संख्या अघिल्लो दिनको तुलनामा करिब २० हजार कम हो । अमेरिकामा ४४ हजार ८ सय ३९ नयाँ संक्रमित थपिएका छन् भने ब्राजिलमा ३५ हजार ३५ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै ब्राजिलमा १ हजार १ सय ११ जनाको मृत्यु भएको छ ।

हालसम्म विश्वभर संक्रमितको संख्या १ करोड १३ लाख ७१ हजार ६ सय ४६ पुगेका छ भने ५ लाख ३२ हजार ८ सय ५६ जनाले ज्यान गुमाइसकेका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६४ लाख ३१ हजार १ सय ८५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित