वैदेशिक रोजगार बोर्डको विज्ञमा एसओएस ग्रुपका अध्यक्ष गुरुङ मनोनित

hem

 

काठमाडौं । एसओएस ग्रुपका अध्यक्ष हेम बहादुर गुरुङ वैदेशिक रोजगार बोर्डका विज्ञका रुपमा मनोनित भएका छन् । ग्रुपअन्तर्गत रहेको एसओएस म्यानपावर सर्भिस प्रा.लि.का अध्यक्ष गुरुङलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बोर्डको सञ्चालक समितिको विज्ञका रुपमा मनोनित गरेको हो ।

विगत २५ वर्ष भन्दा अघिदेखि वैदेशिक रोजगारको क्षेत्रमा सक्रिय गुरुङद्वारा सञ्चालित एसओएस मेनपावर वैदेशिक रोजगारको क्षेत्रमा उत्कृष्ट संस्थाको रुपमा परिचित छ । विगतमा भएको लिबियाद्वन्द्वका क्रममा वैदेशिक रोजगारमा रहेका कामदारहरुको उद्धार कार्यका लागि संस्थाले स्वयं प्रमुख भूमिका खेलेर वाहवाही कमाएको संस्थालाई सरकारले पुरस्कृत पनि गरेको थियो ।

त्यसबेला वैदेशिक रोजगार व्यवसायीको छाता संगठन वैदेशिक रोजगार व्यवसायी महासंघको नेतृत्व गरेका सोमलाल बाटाजूले सरकारसँगको समन्वयकारी भूमिका निर्वाह गर्दै लिबियामा रहेका सबै नेपाली कामदारहरूलाइ सुरक्षित रूपमा नेपाल फिर्ता ल्याउन सफल भएका थिए । 

वैदेशिक रोजगारीको क्षेत्रमा ठूलो योगदान गरेको एसओएस मेनपावर विगत वर्षहरुमा लगातार उत्कृष्ट म्यानपावरको रुपमा पुरस्कृत हुँदै आएको थियो । सामाजिक उत्तरदायित्वका लागि आप्mनो प्रमुख जिम्मेवारी महसुस गर्ने ग्रुपले देशमा आइपर्ने विभिन्न संकटका बेला पनि सहयोग गर्ने गरेको छ ।

त्यस्तै मन्त्रालयले बोर्डका अर्का विज्ञका रुपमा नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कालाई पनि विज्ञका रुपमा मनोनित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित