विपत्तिमा विश्वमहारथी: अमेरिकामा ३० लाख बढी संक्रमित, १ लाख ३२ हजार ९ सयले ज्यान गुमाए

us_1

 

काठमाडौं । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुने ३० लाख नाघेका छन् ।

पछिल्लो तथ्यांकअनुसार २४ घन्टामा ४९ हजार ३ सय ८९ जना नयाँ संक्रमित थपिएको अमेरिकामा हालसम्म विश्वमा सबैभन्दा धेरै अमेरिकामा ३० लाख ३० हजार ६ सय ३६ जना संक्रमित देखिएका छन् भने १ लाख ३२ हजार ९ सय ५२ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै अमेरिकामा हालसम्म ३ करोड ८१ लाख १४ हजार ९ सय ४३ जनाको परिक्षण गरिएको छ । त्यस्तै १३ लाख १० हजार ५ सय ९३ जना कोरोना मुक्त भइसकेको अमेरिकामा अहिलेको अवस्थामा १६ हजार जना गम्भीर बिरामी रहेका छन् ।

पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ लाख ४० हजार नाघेको छ । हालसम्म १ करोड १७ लाख ३१ हजार ४ सय ८१ जना संक्रमित देखिएको विश्वमा ५ लाख ४० हजार २९ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घन्टामा १ लाख ६९ हजार ९ सय ९३ जना नयाँ संक्रमित देखिएको विश्वमा ३ हजार ५ सय ३८ जनाले ज्यान गुमाएका थिए । त्यस्तै हालसम्म विश्वमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६६ लाख २३ हजार ५३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित