विपत्तिमा विश्वविजेताः एकैदिन ६१ हजारभन्दा बढी संक्रमित, ३१ लाख ५८ हजार बढी संक्रमित

us_1

काठमाडौं । पछिल्लो २४ घन्टामा अमेरिकामा मात्र ६१ हजार भन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा ६१ हजार ८ सय ४८ जना नयाँ संक्रमित देखिएसँगै हालसम्म संक्रमित हुनेको संख्या ३१ लाख ५८ हजार ९ सय ३२ पुगेको छ ।

त्यस्तै अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ३४ हजार ८ सय ६२ पुगेको छ । पछिल्लो २४ घन्टामा ८ सय ९० जनाको मृत्यु भएको छ ।

विश्वभर संक्रमितको सूचीमा पनि रेकर्ड कायम भएको छ । पछिल्लो २४ घन्टामा संक्रमित हुनेको संख्यामा अहिलेसम्मकै धेरै २ लाख १३ हजार २ सय ८० जनामा संक्रमण देखिएको छ ।

अहिलेसम्म विश्वमा १ करोड २१ लाख ५५ हजार ६ सय ३ जनामा संक्रमण देखिएको छ भने ५ लाख ५१ हजा १ सय ९२ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घन्टामा ५ हजार ५ सय १८ जनाको मृत्यु भएको छ । हालसम्म विश्वभर निको हुनेको संख्या ७० लाख २५ हजार २ सय ७६ पुगेको छ ।

त्यस्तै नेपालको छिमेकी मुलुक भारतमा पनि एक दिनमा अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । भारतमा पछिल्लो २४ घन्टामा मात्र २५ हजार ५ सय ७१ जना नयाँ संक्रमित थपिएका हुन् ।

भारतमा हालसम्म ७ लाख ६९ हजार ५२ जना संक्रमित रहेका छन् भने २१ हजार १ सय ४४ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घन्टामा ४ सय ९१ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित