प्रधानमन्त्री बन्नु अघि देउवाले भने 'काँग्रेसले राष्ट्रियता र पहिचानको मुद्दामा कसैसँग सम्झौता गर्दैन'

काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसले राष्ट्रियता र पहिचानको मुद्दामा कसैसँग सम्झौता नगर्ने बताएका छन् । राष्ट्रियता कांग्रेसको आदर्श नै भएको जानकारी गराउँदै उनले आफुहरुलाई कसैले राष्ट्रियताको पाठ सिकाउनु नपर्ने बताएका छन् ।व्यवस्थापिका संसद बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । एमाले अध्यक्ष केपी ओलीले राखेका भनाईतर्फ संकेत गर्दै सभापति देउवाले भने–‘राष्ट्रियताको मुद्दा चर्को रुपमा उठ्यो ।  । काँग्रेसले राष्ट्रियता र पहिचानको मुद्दामा कसैसँग सम्झौता गर्न सक्दैन ।’ सभापति देउवाले गिरिजाप्रसाद कोइरालाकै पालामा सुरु भएको हुलाकी मार्ग एमाले सरकारले अघि बढाएकामा धन्यवाद दिए । एमालेले राष्ट्रिय जागरण अभियान चलाउँदा सप्तरीमा गोली चलेको घटनालाई सम्झदै देउवाले भने–‘मैले सुनेको एमालेकै नेताहरुको सुरक्षाका लागि प्रहरीले गोलि चलाएको हो । उहाँहरुको सुक्षा गर्ने पुलिसलाई गाली गरेको सुहाएन ।’ यसरी दिए देउवाले ओलीको प्रश्नको जवाफ ओली : भरतपुरमा मतपत्र च्यातिएको घटनाबारे काँग्रेसको धारणा के हो ? काँग्रेस किन बोल्दैन ? देउवा : हामीले निर्वाचन आयोग संविधानअनुरुप बनाएका हौं। निर्वाचन आयोगको निर्णय हामीले मान्ने गरेका छौं। उहाँहरु अदालतमा जानु भएको छ र अदालतले अन्तरकालीन आदेश पनि दिइसकेको छ। मतपत्र च्यातिको विषय नयाँ कुरा होइन। यसअघि पनि मतपत्र च्यातिएका छन्, रिपोलिङ पनि भएका छन्। अदालतको विषयमा म केही भन्न चाहन्न। ओली : मधेसलाई आधा जनसंख्या भएको मान्ने काँग्रेस–माओवादी सरकारले ५ सय १५ मान पदवी बााँड्दा किन ५४ मात्र ? देउवा : मान पदवी वितरणको कार्यमा मधेसका नेता विमलेन्द्र निधि र विजयकुमार गच्छदार संलग्नु हुनुहुन्थ्यो। उहाँहरुले नै मान पदवी बाँड्नु भएको हो। ओली : स्थानीय तहको एक चरणको निर्वाचन सकिएर अर्को नहुँदै किन प्रधानमन्त्री फेर्नुपर्‍यो ? देउवा : माओवादी र हामीबीच सहमतिका केही कुराहरु छन्। त्यही सहमतिअनुसार उहाँ ९पुष्पकमल दाहाल० ले छोड्न लाग्नु भएको हो। बडा खुशी लागेको छ पछि पनि यस्तै गर्दै गर्नुहोला। ओली : ‘राष्ट्र’को उच्चारण गर्‍यो कि उहाँ (काँग्रेस) लाई खोक्रो लागिहाल्छ, खोक्रो राष्ट्रवाद भन्न थालिहाल्नुहुन्छ..... देउवा : काँग्रेसका तीन महत्वपूर्ण सिद्धान्त छन्, राष्ट्रियता, प्रजातन्त्र र समाजवाद। राष्ट्रियता हाम्रो पार्टीको आदर्श हो। यी सिद्धान्तमा हामी कसैसँग सम्झौता गर्न सक्दैनौं। नेपाल सार्वभौम देश हो। नेपालको राष्ट्रियतालाई हामी कुनै पनि हालतमा कमजोर पार्न सक्दैनौं। र%

प्रतिक्रिया

सम्बन्धित