अब को बन्ला प्रधानन्यायाधीश ?, ६ जनाको नाम सिफारिस गर्दै बिदा भइन् कार्की

काठमाडौं : भोलीबाट आफू अवकाश हुनेभएपछि प्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्लाई ६ जनाको नाम सिफारिस गरेकी छन् । ६ जनाको नाम सिफारिससँगै उनी अदालतबाट फर्किसकेकी छन् । कार्की आफै न्यायपरिषद्को अध्यक्ष छिन् । न्यायपरिषद्ले पठाउने रोस्टरको आधारमा संवैधानिक परिषद्ले प्रधान न्यायाधीश नियुक्त गर्छ। कार्कीले बरिष्ठ न्यायाधीश गोपाल पराजुलीसहित न्यायाधीशहरु दीपकराज जोशी, देवेन्द्रगोपाल श्रेष्ठ, ओमप्रकाश मिश्र, चोलेन्द्र शमशेर जबरा र जगदीश शर्मा पौडेलको नाम पठाएकी हुन्। संवैधानिक परिषद्ले बरिष्ठतम् न्यायाधीशलाई सर्वोच्चको प्रधान न्यायाधीश नियुक्त गर्ने गरेको छ। सुशीला कार्कीले बुधबार अवकाश पाउँदैछिन्। यद्यपि जाँदाजाँदै कार्कीले बरिष्ठतम् न्यायाधीश पराजुलीले जन्म मिति सच्याउन दिएको निवदेनमा कार्कीले पुरानै मिति कायम गरेर आफ्नो अडानलाई पूर्ववत राखेकी छन् । पुरानै जन्म मिति कायम हुँदा न्यायाधीश गोपाल पराजुलीको अवकाश दुई महिनाभित्रै हुनेछ।

प्रतिक्रिया

सम्बन्धित