बलिउडमा कोरोना आतंक, नायिका सारा अलि खानको ड्राइभरमा पनि कोरोना

sara

मुम्बई । भारतमा बढ्दै गएको कोरोना संक्रमणका कारण एकपछि अर्का बलिउडकर्मीहरु संक्रमित बनेका छन् । बलिउड महानायक अमिताभ बच्चनका परिवारमा देखिएको कोरोना संक्रमण पछि अनुपम खेरककी आमासहित दाजु भाउजुलाई कोरोना संक्रमण पुष्टी भएको थियो ।

त्यससँगै पछिल्लो जानकारी अनुसार नायिका सारा अलि खानकी ड्राइभरमा पनि कोरोना पुष्टी भएको छ । साराले आप्mनो ड्राइभरलाई कोरोना पोजेटिभ देखिएको ट्वीटरमार्फत पुष्टी गरेकी छन् । उनले उनका ड्राइभरलाई क्वारेन्टाइनमा पठाएको बताएकी छिन् ।

त्यस्तै अभिनेत्री रेखाको सेक्युरिटि गार्डलाई पनि कोरोना पुष्टी भइसकेको छ ।

भारतमा पछिल्ला दिनमा अत्याधिक रुपमा संक्रमितको संख्या बढ्दै गइरहेको छ । यससँगै भारतमा हालसम्म ९ लाख ७ हजार भन्दा बढी संक्रमित भइसकेका छन् भने २३ हजार भन्दा बढीले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित