१३ अर्ब बुझाएपछि एनसेलले झिक्यो नयाँ लफडा ,१४ अर्ब नतिर्न शुरु भयो 'मिडिया क्याम्पेन'

काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई अख्तियारले पक्राउ गरेको दुई दिन मै सरकारलाई लाभकरबापत १३ अर्ब ६० करोड ४७ लाख रुपैयाँ बुझाएको एनसेलले तिर्नुपर्ने सवै दायित्व सकिएको भन्दै अर्को लफडा निकालेको छ ।

 एनसेलले बिज्ञप्ति जारी गर्दै लाभकरको बिषय टुंगोमा पुर्‍याएको र अब यो शिर्षकमा कुनै दायित्व एनसेलसँग नरहेको घोषणा गरेर सरकारलाई फेरी चुनौती दिएको छ । जबकी एनसेलले तिर्नुपर्ने दायित्व भने पूरा भएको छैन । अब लाभकरको १० प्रतिशतवापत १४ अर्ब ३६ करोड रुपैयाँ उसले भुक्तानी गर्न बाँकी छ। उक्त रकम  टेलियासोनेराले तिर्नुपर्ने हो, एक्जियटाले तिर्नुपर्दैन भनेर एनसेलले फेरी 'मिडिया क्याम्पेन' सुरु गर्न लागेको छ ।

 शर्मा र अख्तियारका निलम्वित प्रमुख लोकमानसिंह कार्कीलाई एनसेलका सिइयो सिमोन पार्किन्सन र २० प्रतिशत शेयरका लगानिकर्ता सतिशलाल आचार्यको समुहले सेटिङ मिलाएर पुजीगत लाभकर बुझाउन अटेर गर्दै आएका थिए ।  यसअघि एनसेलले नौ अर्ब ९६ करोड ९५ लाख ७१ हजार ४० रुपैयाँ मात्रै कर बुझाएको थियो । यसका लागि टेलियासोनेरा एनसेलमा प्रवेश गर्दा ७४ अर्ब रुपैयाँ खर्च भएको र अहिले टेलियालाई ६६ अर्ब रुपैयाँको मात्रै लाभ भएको भन्दै कर विवरण बुझाइएको थियो।

 अहिले भने एनसेलले यही खर्च एक अर्ब ८८ करोड रुपैयाँ देखाएर त्यस वापत १५ प्रतिशतको कर बुझाएको हो।  ठुला करदाता कार्यालयले २५ प्रतिशत लाभकर पाउनु पर्ने भनी गरेको हिसाब अनुसार अझै एनसेलबाट १० प्रतिशत कर लिन बाँकी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित