नेपालमा थप ११६ जनामा संक्रमण, देशभर संक्रमित संख्या १७ हजार नाघ्यो

J_1

 

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै नेपालमा ११६ संक्रमित थपिएसँगै हालसम्म संक्रमण हुनेको संख्या १७ हजार ६१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ३४ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३८ जनाको मृत्यु भएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित