अमेरिकामा एकैदिन करिब ७० हजार संक्रमित, मृतकको संख्या १ लाख ४० हजार नाघ्यो

crying US

 

काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर एकै दिन २ लाख २० हजार भन्दा बढी मानिस संक्रमित देखिएका छन् ।

हालसम्म सबैभन्दा धेरै संक्रमित र मृत्यु भोगेको अमेरिकामा हालसम्म ३६ लाख १४ हजार ४ सय ६१ जना संक्रमित देखिएका छन् भने मृतकको संख्या १ लाख ४० हजार ५० जना पुगेको छ । पछिल्लो २४ घन्टामा ६९ हजार ३ सय ८४ नयाँ बिरामी थपिएको अमेरिकामा ९ सय ७ जनाको मृत्इु भएको छ ।

त्यस्तै ब्राजिलमा संक्रमितको संख्या १९ करोड ७० लाख ९ सय ९ पुगेको छ । पछिल्लो २४ घन्टामा ३९ हजार ७ सय ५ नयाँ संक्रमित थपिएको ब्राजिलमा हालसम्म ७५ हजार ५ सय २३ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै नेपालको छिमेकी मुलुक भारतमा अहिलेसम्मकै धेरै जना संक्रमित देखिएका छन् । पछिल्लो २४ घन्टामा ३२ हजार ६ सय ८२ जना नयाँ संक्रमित थपिएसँगै भारतमा हालसम्म संक्रमितको संख्या ९ लाख ७० हजार १ सय ६९ पुगेको छ । त्यस्तै ६ सय १४ जनाको मृत्यु भएसँगै हालसम्म मृत्इु हुनेको संख्या २४ हजार ९ सय २९ पुगेको छ ।

पछिल्लो २४ घन्टामा विश्वभर ५ हजार ३ सय ८६ जना जनाको मृत्यु भएसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख ८५ हजार ८ सय २३ पुगेको छ । त्यस्तै हालसम्म विश्वमा संक्रमितको संख्या १ करोड ३६ लाख ७० हजार १ सय १३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित