विश्वमा कोरोनामुक्त हुनेको संख्या ८० लाख नाघ्यो

Corona_test

 

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ८० लाख नाघेको छ । पछिल्ला दिनमा संक्रमितसँगै कोरोना मुक्त हुनेको संख्या बढ्दै गएको छ ।

पछिल्लो तथ्यांकअनुसार हालसम्म विश्वमा ८० लाख २४ हजार ७ सय ३० जना मानिस कोरोना मुक्त भइ डिस्चार्ज भएका छन् ।

अहिलेसम्म ३६ लाख बढी संक्रमित रहेको अमेरिकामा १६ लाख भन्दा बढी संक्रमण मुक्त भइसकेका छन्, भने १९ लाख बढी संक्रमित रहेको ब्राजिलमा १२ लाख भन्दा बढी मानिस डिस्चार्ज भएका छन् ।

तुलनात्मक रुपमा धेरै बिरामी निको देखिएको भारतमा हालसम्म ९ लाख ७० हजार संक्रमित रहेकोमा ६ लाख बढी संक्रमण मुक्त भएका छन् ।

हालसम्म विश्वमा संक्रमितको संख्या १ करोड ३६ लाख ७१ हजार १ सय ९५ जना संक्रमित भएका छन् भने हालसम्म ५ लाख ८५ हजार ९ सय २९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित