देउवालाई प्रधानमन्त्री बन्नु अघि नै झलनाथको बधाई, संसद् अवरोध हट्यो

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई मुलुकको प्रधानमन्त्री हुने बाटो खुलेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) व्यवस्थापिका–संसद्को अवरोध खोल्न सहमत भएपछि प्रधानमन्त्रीको निर्वाचन हुने भएको छ ।

 सभामुख ओनसरी घर्ती मगरको पहलमा आज सिंहदरबारमा बसेको प्रमुख तीन दलको बैठकमा एमालेका नेताहरुले संसद् बैठक अवरोध नगर्ने बताएका थिए ।

 बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिँदै काँग्रेसका नेता विमलेन्द्र निधिले सदन खुलेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति देउवा र प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले सदनलाई सम्बोधन गर्ने जानकारी दिए ।

 त्यसलगत्तै सभामुख घर्तीले प्रधानमन्त्री निर्वाचनका क्रममा भएका सबै प्रक्रियाका बारेमा सदनलाई जानकारी गराउने र त्यसपछिको दोस्रो बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुने सहमति भएको उपप्रधान तथा गृहमन्त्री निधिले स्पष्ट पारेका छन् । त्यसैगरी एमाले नेता झलनाथ खनालले मङ्गलबार हुने सदनको दोस्रो बैठकले देउवालाई प्रधानमन्त्री चुन्ने बताउँदै  अग्रीम बधाई दिएका छन् । खनालले भावी प्रधानमन्त्रीले गर्ने राम्रा कामका लागि पार्टीले समर्थन गर्ने वताए ।

प्रतिक्रिया

सम्बन्धित