नेपालमा थप १ सय १ मा कोरोना संक्रमण, ४० जनाको मृत्यु

Corona_Update

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै अहिलेसम्म देशभर संक्रमण हुनेको संख्या १७ हजार ४ सय ४५ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार थप १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा २७ वटा परिक्षण केन्द्रमा पीसीआर ४६८८ जनाको परिक्षण गरिएको जनाइएको छ । 

पछिल्लो २४ घण्टामा थप २८५ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ११ हजार ५ सय ३४ पुगेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४० जनाको मृत्यु भएको छ । डा. गौतमका अनुसार सप्तरीका ७३ वर्षीय वृद्धको धरान अस्पतालमा कोरोनाका कारण मृत्यु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित