२४ घन्टामा कोरोनाः भारतमा ३७ हजार बढी नयाँ संक्रमित, ब्राजिलमा भन्दा भारतमा धेरै संक्रमित

Ind_Us

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ ।

पछिल्लो २४ घण्टामा ३७ हजार ४०७ जना संक्रमित थपिएसँगै भारतमा हालसम्म १० लाख ७७ हजार ८६४ पुगेको छ । एकै दिन संक्रमित हुनेको संख्या भारतमा अमेरिकापछि सबैभन्दा धेरै रहेको छ ।

अमेरिकामा गत २४ घन्टामा ६३ हजार २ सय ५९ जना नयाँ संक्रमित थपिएका थिए ।

यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो । अहिलेसम्म संक्रमितमध्ये ६ लाख ७७ हजार ६३० जना संक्रमणमुक्त भएका छन् भने ३ लाख ७३ हजार ४०६ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ५४३ जनाको मृत्यु भएपछि आइतबार बिहानसम्म ज्यान गुमाउनेको २६ हजार ८२८ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित