२४ घन्टामा कोरोनाः संक्रमित र मृतक संख्यामा भारत विश्वकै दोस्रो स्थानमा

ind

 

काठमाडौं । नेपालको छिमेकी मुलुक भारतमा गत २४ घन्टामा विश्वमै दोस्रो धेरै संक्रमित र मृतकको संख्या पुगेको छ ।

पछिल्ला दिनमा अत्याधिक रुपमा बढ्दै गएको संक्रमितको संख्यासँगै भारतमा हालसम्म ११ लाख ५४ हजार ९ सय १७ जना संक्रमित पुगेका छन् ।

पछिल्लो २४ घन्टामा विश्वभर २ लाख ४ हजार १७ जना नयाँ संक्रमित थपिनुका साथै ३ हजार ९ सय ९९ जनाको मृत्यु भएको छ । ती मध्ये अमेरिकामा सबैभन्दा धेरै ६२ हजार ३३ जना संक्रमित अमेरिकामा रहेका छन् भने मृतक मध्ये ब्राजिलमा सबैभन्दा धेरै ७ सय १८ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा भारत संक्रमितमा पनि दोस्रो स्थानमा रहेको छ भने मृतकमा पनि दोस्रो स्थानमा पुगेको छ । भारतमा पछिल्लो २४ घन्टामा ३६ हजार ८ सय १० जना संक्रमित भएका छन् भने ५ सय ९६ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा २८ हजार ९९ जनाको मृत्यु भइसकेको छ । 

प्रतिक्रिया

सम्बन्धित