प्रचारका भोगी गगन थापाले के- के नराम्रा काम गरे ? यस्ता छन् गम्भीर गल्ती

काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापाले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर आफूले गरेका राम्रा कामहरूको जानकारी दिए ।

 उनले आफूलाई पानी पिलाउने पियनदेखि कर्मचारी सबैलाई धन्यावाद दिन भ्याए । गगन थापा नेपाली कांग्रेसका युवा नेता हुन् । काम गर्न उनमा जोश र जाँगर छ भन्न कञ्जुस्याँ गर्नु हुँदैन ।

 तर, काम गर्दै गर्दा गगन थापाले गरेका नराम्रा कुरालाई पनि बाहिर ल्याइदिनुपर्छ । आफ्नो झण्डै नौ महिने कार्यकालमा गगनले थोरै विषयमा सफल भए पनि अधिकांश नीतिगत निर्णयमा असफल भएका छन् । स्रोतका अनुसार स्वदेशी औषधि व्यवसायीहरूको घेराबन्दीमा परेका गगन थापाले गरिव जनतालाई दीर्घकालसम्म असर पर्ने गरेर नीतिगत निर्णय गरिदिएका छन् । जसको असर नेपाली जनताले महँगोमा औषधि खरिद गरेर खानुपर्ने अवस्था आएको छ ।

 ती कतिपय औषधिहरू गुणस्तरीय छैनन् ।आफ्नो विरुद्ध आउने समाचार फिटिक्कै हेर्न र सुन्न नचाहने गगनले स्वास्थ्य र औषधि जस्तो महत्वपूर्ण क्षेत्रलाई अस्तव्यस्त बनाइ दिएका छन् । उनले गरेका नीतिगत निर्णयले अबको केही महिनाभित्रै रिजल्ट देखाउनेछ । जसको मार सिधै गरिव जनतालाई पर्नेछ । गगन थापाले गरेका गम्भीर ९ गल्ती जसलाई अक्षम्य भन्न सकिन्छ । गगनले यस्तो अक्षम्य निर्णयहरू के कारणले गरे त्यसको जानकारी हामी अर्को अंकमा दिने छौँ ।

१.  गगन थापाले औषधि आयातकर्ताले २२ सय प्रतिशत मुनाफा खान्छन् भन्ने आरोप लगाए । तर, त्यसलाई पुष्टि गर्न सकेनन् । औषधि व्यवसायीहरूको सधै मानमर्दन गरेका गगनलाई तिनै व्यवसायीहरूले पटक पटक औषधिको मूल्य निर्धाण गर्न दवाव दिँदा स्वदेशी सीमित औषधि व्यवसायीको पछाडि लागेर आर्थिक लाभ लिएको आरोप छ । आइतबार स्वास्थ्य मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा पनि उनले त्यस विषयमा केही भनेनन् । यसबाट पुष्टि हुन्छ गगन थापा कहाँबाट परिचालन र प्रोलोभित छन् भन्ने ।

२. नेपाली उत्पादकहरूको उत्पादन मूल्य र विक्री मूल्यबीचको फरकमा गगन थापा सधैँ मौन रहे । स्वदेशी औषधि उत्पादकहरूले जनतालाई आफू खुसी महँगोमा औषधि विक्री गरिरहेका छन् । यो कुरा जानकार रहेका गगन थापा सधै मौन बस्नुको कारण के हो ? किन मूल्य नियन्त्रण गर्न ध्यान दिएनन् ?

३. शहीद गंगालाल हृदय केन्द्र र मनमोहन कार्डिस्क सेन्टरमा एक पैसामा औषधि (प्रतिट्याब्लेट) खरिद गरेर ५ देखि ८ रुपियाँसम्म बेच्ने गरिन्छ । यो अनियमितताका बारेमा गगन थापा जानकार छन् । तर, सधै मौन बसे । सरकारी अस्पतालभित्रको कालोबजारी नियन्त्रण गर्न असफल भए । बरु त्यसलाई बढावा दिए ।

४. स्वास्थ्य मन्त्रालयअन्तर्गतको आपूर्ति महाशाखाले खरिद गर्ने औषधिको कच्चा पदार्थ गुणस्तरयुक्त नभएर निकट भविष्यमै देशभरि औषधि हाहाकार हुने अवस्था सृजना भएको आपूर्ति महाशाखाका निर्देशक डा.भीमसिंह तिङ्करीले सार्वजनिक रुपमा भने । आफ्नै मातहतको महाशाखाले स्वदेशी औषधि उत्पादकको कारणले समस्या आउँदै छ भन्ने भन्दै गर्दा पनि गगन थापाले तिनै नेपाली उत्पादकहरू जसको औषधिको गुणस्तरमा प्रश्न चिन्ह खडा भएका छन् तिनैलाई जनताले खानै पर्ने बाध्यता बनाइ दिए । आत्मनिर्भताको सस्तो नारा दिएर गगन थापाले ती व्यवसायीलाई संरक्षण गर्न सफल भए ।५. आन्दोलनमा रहेका औषधि आयातकर्ताहरूले बारम्बार औषधिको वैज्ञानिक रुपले मूल्य तोकेर मूल्य नियन्त्रण गरौँ भन्दा गगन थापा मौन बसे । मूल्य नियन्त्रणमा उनी सधैँ मौन बस्नुको तात्पर्य के हो ?६. स्वास्थ्य मन्त्रालयले प्यारासिटामोलको खरिद मूल्य ३६ पैसा प्रतिट्याब्लेट तोकेको छ । तर, गगन थापाले स्वास्थ्य मन्त्रालय मातहतको आपूर्ति व्यवस्थापन महाशाखाबाट ४८ पैसामा प्रतिट्याब्लेट प्यारासिटामोल नेपाली उत्पादकसँग १२ करोड ट्याब्लेट खरिद गरे । महँगोमा प्यारासिटामोल खरिद गर्नुको कारण के हो ? यो खरिदकाण्डमा सिधै १ करोड ४४ लाख कमिशन आएको छ । त्यो पैसा कता गयो ?७. स्वदेशमा जम्मा ५१ वटा नेपाली औषधि उत्पादकहरू छन् । त्यसमध्ये २६ वटा उत्पादकहरूको न्यूनतम गुणस्तर मापन (जिएमपी) नवीकरण भएको छैन । राज्यले ती जिएमपी नवीकरण नभएका उद्योगहरूसँग औषधि खरिद गरेको छैन । तर, बजार खुला गरिदिएको छ । ती स्वदेशी औषधिहरू जो गुणस्तर छैनन् त्यसलाई गगन थापाको लापरबाहीका कारण सोँझासाझा जनताले खरिद गरेर सेवन गर्नुपर्ने बाध्यता छ । र, तिनै उत्पादकलाई बजारमा एकाधिकार दिन गगन थापाले आत्मनिर्भरताका नाममा पुरस्कृत गरेका छन् ।८. सरकारले क्यान्सर लगायत कडा रोगका औषधि ‘सरकार टू सरकार’ अर्थात ‘जीटूजी’मार्फत खरिद गर्ने नीति लिएर सस्तो लोकप्रियता लिन खोज्यो । तर, जनतालाई राहत दिलाउन सकेन । कारण सरकारले ‘सरकार टू सरकार’ किन्ने र अस्पतालको फार्मेसीबाट बेच्ने नीति अवलम्बन गरेपछि जनताले निःशुल्क औषधि पाउने अबसर गुम्यो । औषधिमा सरकारले व्यापर गर्न पाउँछ ?९. ७० थरीका औषधि दिने घोषणा गरेको स्वास्थ्य मन्त्रीले व्यवस्थापन गर्न नसक्दा निःशुल्क पाउने भनिएका १३ थरीका औषधि अभाव छ । यसमा पनि गगन थापा असफल भए ।

प्रतिक्रिया

सम्बन्धित