लायन्स क्लब न्यु वेभ्सद्वारा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न

lions club tree plantation
काठमाडौ ।
लायन्स क्लब ३२५ A2 अन्तर्गतको लायन्स क्लब अफ काठमाडौ न्यु वेभ्सको आयोजनामा लायन्स क्लब ३२५ A2 अन्तर्गतका विभित्र १४ वटा क्लबहरूको उत्साहजनक सहभागितामा बुढानिलकण्ठ नगरपालिका स्थित पंञ्चकन्या मन्दिर क्षेत्रमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

उप-प्रधान तथा रक्षामन्त्रीको ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा भएको उत्त कार्यक्रममा विशिष्ट अतिथि नेपाली सेनाका उपरथी शिशचन्द्र बहादुर सिंह लगायत लायन्स लीडरहरू,स्थानीय जनप्रतिनिधिहरू एवम स्थानीय बासीहरूको सहभागीता रहेको थियो । सो कार्यक्रममा मन्तव्य राख्दै उप-प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेले उत्त कार्यक्रमको खुलेर प्रशंसा गरेका थिए ।

lions club tree plantation 1

उत्त वृक्षरोपण कार्यक्रममा विभिन्न प्रजातिका ४०० बिरूवाहरू रोप्ने कार्य सम्पन्न भएको लायन्स क्लब अफ काठमाडौं न्यू वेभ्सका अध्यक्ष संजय खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित