पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसको अवसर पारेर नेकपा भक्तपुरद्धारा बृक्षारोपण

tree plantation
भक्तपुर ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिब क. पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसको अवसर पारेर नेकपा भक्तपुरले मध्यपुर थिमीमा बृक्षरोपण गरेको छ । नेकपा भक्तपुरले मध्यपुर थिमी नगरपालिका वडा नं ३ को गठ्ठाघर चोक देखि कौशलटार चोक जाने सबवेमा बृक्षरोपण गरेको हो । नेकपा भक्तपुरका अध्यक्ष वचन देउजाको उपस्थितिमा उक्त सबवेमा बेगमबली कपुर लगायतका १०० वटा रुख बिरुवा रोपीएको हो । अध्यक्ष देउजाले भक्तपुरको उक्त सडक खण्डको हरियाली प्रबद्धनको कामलाई निरन्तरता दिने बताउँदै कार्यक्रमलाई सफल बनाउने सहयोग गर्नु हुने सबैमा धन्यबाद समेत ब्यक्त गरे ।

tree plantation 1

माछापुच्छ्रे बैंक लिमीटेडले संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत बिरुवा संरक्षणका लागि तारजालि लगाएत सामाग्री उपलब्ध गराएको थियो भने सामाजिक अभियन्ता एबम् वेभ ग्रपका अध्यक्ष नरेश रन्जितले बिरुवा उपलब्ध गराएका थिए ।

Tree plantation 2

 

बृक्षारोपण कार्यक्रममा माछापुच्छ्रे बैंक लिमीटेडका संचालक एवम् समाज सेवी गोपी कृष्ण न्यौपाने , समाज सेवी उमेश लम्साल , समाज सेवी राजभक्त श्रेष्ठ , थिमी प्रहरी वृतका  डि.एस. पि ऋसी राम कडेल ,सामुदायिक प्रहरी लगायत संध सस्था,सामाजिक अभियन्ता अमित उपाध्याय, वेभ ग्रप,नेपाल फुलबारी, गौतम नर्सरी लगायत स्थानियबासी उपस्थितिमा रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित