भारतमा कोरोना संक्रमित संख्या १३ लाख नाघ्यो

ind

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या १३ लाख नाघेको छ ।

पछिल्लो दिनमा संक्रमितको संख्या तीब्रगतिमा बढ्दै गएको भारतमा हालसम्म १३ लाख १४ हजार ६ सय १६ जना संक्रमित भएका छन् ।

त्यस्तै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३० हजार ९ सय ५७ पुगेको छ ।

पछिल्लो तथ्यांकअनुसार हालसम्म विश्वमा १ करोड ५७ लाख ३५ हजार ३ सय ४६ जना संक्रमित भएका छन् भने ६ लाख ३७ हार ९ सय ४६ जनाको मृत्यु भइसकेको छ ।

अमेरिकामा अहिलेसम्म सबैभन्दा धेरै संक्रमित र मृतक रहेका छन् भने त्यसपछि ब्राजिलमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित