यि हुन ३३ अर्ब घोटलाका पर्दा पछाडिका खेलाडीहरु,अख्तियारले अब पाता कस्ला ?

 काठमाडौँ ।  लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख छँदा नेपाल टेलिकमकै प्रतिष्पर्धी एनसेलको सेयर खरिद विक्री प्रकरण, लाभकर तथा उपकरण खरिद र गैरकानुनी भिसामा बसेका विदेशी कर्मचारीका विरुद्ध जति उजुरी परे पनि कानमा तेल हालेर बसे ।

 नेपालमै पहिलो पटक भएको एनसेलको  ठूलो गैरकानुनी कारोबारको विषयमा थाहा नपाएझैं गरी लोकमान चुप बस्नुलाई टेलिकम क्षेत्रमा रहस्यमयको रुपमा लिइएको थियो ।

 तर, अहिले जब दिप बस्नेत अख्तियारको प्रमुख बने अनी उनले खोतले लोकमान, आन्तरिक राजश्व विभागका प्रमुख चुणामणी शर्मा र सतिशलाल आचार्यबीचको कनेक्सन । यसमा दरलाग्दो तथ्य बाहिर आउने संभावना रहेको अख्तियार स्रोतको भनाइ छ ।  लाभकरको विवाद तीनवटा संसदीय समितिदेखि लिएर संसद्सम्मै पुगेको छ भने सार्वजनिक लेखा समितिले कर असुल गर्नु र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखी एनसेल कारोबारमा विगतमा पनि कर छलीको भएको हुन सक्ने आशंका गर्दै छानबिन गर्न निर्देशन दिएको महिनौं वितिसकेको छ । तर एनससेलले उक्त निर्णय अटेर गर्दै फोर जी सेवा सँचालन गरिसकेको छ । अख्तियारको नियत नै खराव भएका कारण एनसेलले राज्यलाई तिर्नुपर्ने कर असुल हुन सकिरहेको छैन ।

 लेखा समितिका सदस्य रामहरी खतिवडाले भनेका थिए – अख्तियारले जवाफ नपठाएमा लेखा समिति थप सक्रिय भई जसरी पनि राज्य कोषमा तिर्नुपर्ने रकम दाखिला गराएर छाडिन्छ ।’ अर्थ समितिले पनि अर्थ मन्त्रालयलाई पत्र लेख्दै लाभकर असुल्न निर्देशन दिइसकेको छ । ३५ अर्व लाभकर छली प्रकरणमा संसदको अर्थ समितिले अर्थ मन्त्रालयलाई पत्र पठाई उक्त रकम राज्यकोषमा  दाखिला गर्न निर्देशन दिइसकेको छ।  मुलुकबाट ३५ अर्व रकम पलायन हुने अवस्था सिर्जना भइसक्दा पनि अख्तियारको रहस्यमय मौनतालाई सामान्य रुपमा लिने हो भने अख्तियारको भ्रष्टाचार विरोधी क्रियाकलापको कुनै अर्थ रहँदैन ।

   ३५ अर्व लाभकर छली प्रकरणमा मुछिएका आन्तरिक राजश्वका महानिर्देशक  शर्मा, , एक्जिएटाका प्रमुख सिमोन पार्किन्सन, नेपाल दूरसञ्चार प्राधिकरणका जिम्मेवार पदाधिकारी र एनसेललाई छानविनको दायरामा ल्याई राज्यबाट बाहिरिन लागेको उक्त रकम असुल उपर गरी अनियमिततामा मुछिएकालाई कारबाही गर्न अब ढिलाई गर्न हुँदैन । महाभूकम्पको बेला एनसेलले उपकरण ल्याउने नाममा रेडक्रसको स्टिकर टाँस गरी भन्सार छली गरेर कैयौं उपकरण ल्याएको थियो । त्यस बारेमा पनि अख्तियारले कुनै चासो देखाएन । यतिसम्मकी त्यतिखेर एनटीसीबाट फोन गर्दा एनसेलले कल जाम गरेको भन्दै प्राधिकरणमा उजुरी पनि परेको थियो । तर, त्यसको कुनै सुनुवाई भएन । जुन अन्तर्राष्ट्रिय कानून विपरित हो । अहिले सर्वाधिक चर्चाको विषय बनेको छ, एनसेलको पुँजीगत लाभकर र पुँजी बृद्धिको विषय ।  ८० प्रतिशत कारोबारमा कम्तीमा पनि ३५ अर्ब रुपैयाँ लाभकर निर्धारण भइसक्दा पनि मिडिया दुरुपयोग गरी टेलियासोनेरालाई देखाएर उक्त रकम छली गर्न एनसेल लागि परेको छ । एनसेल १ खर्ब ४० अर्ब रुपैयाँमा बिक्री भएकोमा २० प्रतिशत सेयर निरजगोविन्द श्रेष्ठले भावना श्रेष्ठलाई बिक्री गरेका हुन् ।

 बिक्रेता श्रेष्ठले लाभकर बापत २ अर्ब ८३ करोड रुपैयाँ बुझाइसकेका छन् भने बाँकी ८० प्रतिशत सेयर टेलियासोनेराले मलेसियाको एक्जिएटालाई बिक्री गरेको हो । अख्तियारले पक्राउ परेका शर्मालाई एनसेल लाभकर प्रकरणमा छानविन गर्ने त वताएको छ तर, त्यो छानविनलाई पनि लेखा,अर्थ र बिकास समितीलाई घुमाए झै सतिशले फेरी शणयन्त्र गरे भने मुलुकबाट  ३५ अर्ब पलायन हुने अवस्था नआउला भन्न सकिन्न ।

प्रतिक्रिया

सम्बन्धित