नेपालमा थप १३९ कोरोना संक्रमण, एकैदिन ६ सय २६ डिस्चार्ज

Corona_Update

 

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै अहिलेसम्म देशभर संक्रमित हुनेको जम्मा संख्या १८ हजार ७ सय ५२ जना पुगेको छ ।

अहिलेको अवस्थामा देशभर ४ हजार ९ सय ५० जना संक्रमित रहेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा नेपालमा ६२६ जना डिस्चार्ज भएसँगै हालसम्म १३ हजार ७ सय ५४ जना डिस्चार्ज भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित