प्रचण्डको प्रस्तावकमा देउवाद्वारा प्रधानमन्त्री पदमा उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । देउवाले बिहान ११ः३० बजे आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

 देउवालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्तावकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' छन् भने समर्थकहरुमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरम अध्यक्ष विजयकुमार गच्छदार,  नेकपा संयुक्तका जयदेव जोशी, अखण्ड पार्टीका कुमार खड्का र समाजवादी जनता दलका प्रेमबहादुर सिंह छन् ।

 प्रधानमन्त्रीबाट प्रचण्डले राजीनामा दिएपछि सहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले एक हप्ताको समय दिएकी थिइन् ।  सहमतीय सरकारका लागि दिइएको समयसीमा भित्र सहमति नजुटेपछि सरकार गठन बुहमतीय प्रक्रियामा प्रवेश गरेको हो ।

 नयाँ प्रधानमन्त्री छनोटका लागि आइतबार संसदमा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित