कालिकोटमा पहिरोमा परि एउटै परिवारका सातसहित दर्जनभन्दा बढी बेपत्ता

Pahiro

कालिकोट ।
अबिरल वर्षा पछिको बाढि पहिरोले कालिकोटको नरहरीनाथ गाउँपालिकामा ६ जना बेपत्ता छन् भने एक जनाको गंम्भिर अबस्थामा प्रहरीले उद्धार गरेको छ । गाउँपालिकाको वडा नं ७ को बादामा पहिरोले एक घर पुरीदा एकै घरका सात जना पुरीएका छन् । बादामा रहेको बेपत्ता घर मुुली गंगे बुढाको घर भत्कीदा उनकी श्रीमती सहित नावालक छोराछोरी, नाती नातीना र बुहारी बेपत्ता भएका छन् ।

११ जनाको परिवारमा ४ जना भने सकुसल रहेका छन । नरहरीनाथ वडा नं ७ बादाका ६५ वर्षका गंगे बुढा निजकी श्रमती नैना बुढा, बुहारी २४ वर्षकी सिता बुढा, नातीनी १० वर्षकी चन्द्रीका बुढा, नाती ७ वर्षका राम बुढा, नाती डेढ वर्षको चरित्र बुढा बेपत्ता भएको कालिकोट प्रहरीले जनाएको छ ।

घरमा पुरीएका घाइते बिमला बुढाको गंंम्भिर अवस्थामा उद्धार गरी कुमलगाउँमा रहेको प्राथमिक स्वस्थ्य सेवा केन्द्रमा ल्याइएको छ । नरहरीनाथ गाउँपालिकाका बिभिन्न ठाउँमा गएको पहिरोमा परि १० जना भन्दा बढि बेपत्ता छन् । सोहि गाउँपालिकाको वडा नं ४ को गोठीमा रहेको बाले बुढाको घर भत्कीदा उनी र उनका श्रीमती मना बुढा बेपत्ता भएका छन । त्यस्तै वडा नं ४ कै माथिल्लो भाग लेखमा बाख्रा पालन गरि रहेका रत्न भण्डारा र र उनकी श्रीमती कुन्का भण्डाराको घर भत्कीदा तीस वटा बाख्रा पुरिएको बताइन्छ ।

साबिक रुप्सा नरहीनाथ ५ को भाटगाउँमा प्रेम बुढा र धन बहादुर बोगटीको घर भत्केर लाखौको धनमाल क्षति भएको छ । बाढिले गोठ बगाउदा रुप्साकै नन्द सहकारीको एक भैसी पनि बगेको छ । जिल्ला भर बाढि र पहिरोले ठुलो धनमालको क्षति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित