घरमा रहेका तीन पूर्व अाईजीपी फरार सुचीमा

काठमाडौं । ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी सर्वोच्च अदालतबाट दुई वर्ष कैद सुनाइएका दोषी हुन् । वैशाख १७ मा भ्रष्ट प्रमाणित गर्दै अदालतबाट भएको फैसला कार्यान्वयनमा आएको भए उनीहरुको एक महिना कैद कटिसक्थ्यो । तर, उनीहरु जेलमा होइन, अझै स्वतन्त्र छन् ।

सुडानमा शान्ति स्थापनार्थ खटिएको आफ्नो संगठनका सदस्यको बन्दोवस्तीको सामान खरिदमा भ्रष्टाचार गरेको प्रमाणित गर्दै सर्वोच्च अदालतले उनीहरुलाई एक महिनाअगाडि दोषी प्रमाणित गरेको थियो । यी फरार हुन् भन्नेबारे प्रहरी निकाय जानकार छ तर पक्राउ गर्न चासो दिएको छैन । यी तीन फरार पक्राउ नपुर्नुको कारण हो, उनीहरुको हाइप्रोफाइल पृष्ठभूमि ।

यी तीनै जना नेपाल प्रहरीका पूर्व महानिरीक्षक हुन् । उनीहरुको त्यही पृष्ठभूमिका कारण काठमाडौं उपत्यकाको आफ्नै घरमा हुँदा समेत समातिएर जेल पुगेका छैनन् ।

यो त एउटा प्रतिनिधि उदाहरण मात्रै हो, पहुँचवाला व्यक्तिहरु दोषी ठहर भए पनि पक्राउ परेका छैनन् । नेपालमा १ लाख २१ हजार व्यक्ति अझै फरारको सूचीमा छन् । ३० प्रतिशत फरारको ठेगाना प्रष्ट नहुँदा पक्राउ गर्न कठिन भएको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित