बहुराष्ट्रिय कम्पनी असेटको (EAUSET) बितरक भेटघाट कार्यक्रम सम्पन्न 

Eaucets Meet Banner
काठमाडौं ।
बाथरुम सम्बन्धी सामान उत्पादन गर्दै आएको बहुराष्ट्रिय कम्पनी असेटले काठमाडौ उपत्यका बितरक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । सन् २०१७ देखि नेपाली बजारमा अन्तरराष्ट्रिय गुणस्तरका धारा, कमोड लगाएत बाथरुम सम्बन्धी सामाग्रीहरु उपलब्ध गराउँदै आएको यस कम्पनीले उपत्यकामा आप्mना उत्पादन बिक्रि बितरण गर्दै आएका बितरकहरुसँग अन्र्तक्रियात्मक भेटघाट कार्यक्रम गरेको हो ।

नेपाल कै पहिलो आर्ट रेष्टुरेन्ट वान डे थ्रि डि आर्ट रेष्टुरेन्ट कुमारीपाटीमा आयोजित उपत्यका बितरकहरुसँगको भेटघाट कार्यक्रममा कम्पनीले बितरकहरुलाई मायाको चिनो समेत प्रदान गरेको कम्पनीका नेपाल बितरक प्रमुख बसन्त रिजालले बताए । उनले उक्त कार्यक्रममा कम्पनीले नेपाली बजारमा उपलब्ध गराएका सामाग्रीहरुको बिक्रि बितरणमा गर्दै आएका उपत्यकाका बितरकहरुलाई सम्मान गर्दै मायाको चिनो समेत प्रदान गरिएको बताए । कार्यक्रममा कम्पनीको उत्पादनहरु धेरै बिक्रि गर्न सफल उत्कृष्ट डिलरहरुलाई बिशेष सम्मान समेत गरिएको थियो ।

Eaucets Meet 1

नेपालको सबै जसो मुख्य शहरहरुमा आप्mना उत्पादनहरु उपलब्ध गराउँदै आएको कम्पनीले सामान बिक्रि भन्दा बिक्रि पश्च्यात ग्राहकले पाउने सेबालाई प्राथामिकतामा राखेर आप्mना हरेक उत्पादनमा १० बर्षे इन्टरनल पार्ट समेतमा निशुल्क सेबा प्रदान गर्दै आएको प्रमुख रिजालले बताए । हालसम्म नेपालमा यस प्रकारको सेबा अरु कुनै पनि कम्पनीको नरहेको रिजालले दाबि थियो ।

कार्यक्रममा कम्पनीले उपत्यकाका बितरकहरुलाई कम्पनी लगाएत उत्पादित सामाग्रीहरुका बारेमा जानकारी दिदै बितरक सामु निकट भबिष्यमा बजारमा थप नयाँ मोडेलका आर्कषक एबम् गुणस्तरीय धाराहरु उपलब्ध गराउने गृहकार्य समेत शुरु भएको जानकारी समेत गराएको थियो ।

Eaucets meet 3

कम्पनीले कारोना महामारीका कारण सृजित लकडाउनको अबधिमा समेत आप्mना उत्पादन प्रयोग गर्ने सेबाग्राहीहरुलाई अनबरत रुपमा प्राबिधिक एबम् अन्य सहयोग उपलब्ध गराउदै आएको बताइएको छ
। त्यस्तै कम्पनलीले आप्mना उत्पादनहरुका बारेमा जानकारी चाहिएमा ९८५११९८३६८मा सम्पर्क गर्नका लागि अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित