पातञ्जलसँगको सहकार्यमा सूर्यविनायक नगरपालिकाले योग जागरण अभियान सञ्चालन गर्ने

patanjal Suryabinayak banner
भक्तपुर ।
सूर्यविनायक नगरपालिकाले पातञ्जल योग समिति भक्तपुरको समन्वयमा ९ वटै नगरभित्र योग जागरण अभियान सञ्चालन गर्ने भएको छ । नगर उपप्रमुख जुना वस्नेतले सोहि नगरको वडा नं ५ भित्र चक्रपाणि योग साधना केन्द्रको उदघाटन गर्दै सो कुरा उल्लेख गरेकी हुन ।
नियमित योग साधनाबाट हरेक मानिसमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै नगर उपप्रमुख बस्नेतले नगरबासि एवं नगर जनप्रतिनिधिहरुलाई नियमित योग साधना गरि स्वस्थ रहन आग्रह समेत गरेकी छिन् । उप प्रमुख वस्नेतले योग जागरण अभियानमा पातञ्जल योग समिति नेपालको क्रियाशिलता एवं संस्थाको प्राप्त उपलब्धि प्रति खुलेर प्रशंसा समेत गरेकी छिन् ।

Patanjal Suryabinayak 1

सात दिने योग विज्ञान शिविर समापन एवं साधना केन्द्र उदघाटन कार्यक्रम चलिरहँदा पातञ्जल योग समिति नेपालका केन्द्रिय संरक्षक बालमुकुन्द सुवालले राष्ट्र र राष्ट्रियतालाई सर्वोपरि स्थानमा राखेर पातन्जल योग समिति नेपालले भक्तपुर वाट थालनी गरेको योग जागरण अभियानको सन्देश देशभर दिन सकेकोमा खुसी व्यक्त गरेका छन् । पातञ्जल योग समिति नेपालका केन्द्रिय अध्यक्ष सुदर्शन सुवेदीले संस्थाले स्थापनाको छोटो अवधिमानै नेपालभर योगिक र सांगठनीक गतिविधिमा महत्वपूर्ण उपलब्धिहरु हासिल गर्दै अगाडी बढीरहेको प्रष्ट पार्दै अध्यक्ष सुवेदीले साधना केन्द्र व्यवस्थापन समितिमा सर्वसम्मत चयन नेतृत्वलाई बधाई एवं शुभकामना व्यक्त समेत गरेका छन् ।

त्यसैगरि कार्यक्रमका विच कमल केसीको संयोजकत्वमा सल्लाहकार समिति सहित चक्रपाणी योग साधना केन्द्र व्यवस्थापन समिति सर्वसम्मत चयन गरिएको छ । केन्द्र व्यवस्थापन समितिका अन्य सदस्यहरुमा फूलकुमारी याखा राई, रीता रेग्मी,सीता भटट्राई,सीता केसी,विमला पाण्डे,प्रतिमा काफ्ले,विद्या भटटराई,रोशनी केसी रहेका छन । त्यसैगरि सल्लाहकार समितिमा राममणी ढुङ्गेल,राधिका देवी आचार्य,तारा पोखरेल र ईश्वर केसीलाई सर्वसम्मत चयन गरिएको जिल्ला सचिव श्रृजनामल्ल ठकुरीले अवगत गराईन ।

प्रतिक्रिया

सम्बन्धित