कोरोना तथ्यांकः विश्वभर संक्रमित संख्या १ करोड ८० लाख, ६ लाख ८८ हजारबढीको मृत्यु

world-corona

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८० लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार विश्वमा हालसम्म १ करोड ८० लाख ८ हजार ८ सय ९४ जना संक्रमित पुगेका छन् । त्यस्तै हालसम्म विश्वभर ६ लाख ८८ हजार ५ सय ९१ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोना मुक्त हुनेको संख्या १ करोड १३ लाख २५ हजार ९५ जना पुगेकोछ ।

विश्वमा सबैभन्दा धेरै संक्रमित र मृतक संख्या अमेरिकामा देखिएका छन् । हालसम्म अमेरिकामा ४७ लाख ६४ हजार ३ सय १८ जनामा संक्रमण देखिएको छ भने १ लाख ५७ हजार ८ सय ९८ जनाको मृत्यु भइसकेको छ । जम्मा संक्रमित मध्ये २३ लाख ६२ हजार ९ सय ३ जना कोरोना मुक्त भइसकेका छन् ।

त्यस्तै दोस्रो धेरै संक्रमि र मृतक देखिएको ब्राजिलमा हालसम्म २७ लाख ८ हजार ८ सय ७६ जना संक्रमित देखिएका छन् भने ९३ हजार ६ सय १६ जनाको मृत्यु भइसकेको छ र १८ लाख ८४ हजार ५१ जना उपचारपछि निको भइसकेका छन् ।

नेपालको छिमेकी मुलुक भारतमा पनि हालसम्म १७ लाख ५१ हजार ९ सय १९ जना संक्रमित पुगेका छन् भने ३७ हजार ४ सय ३ जनाको मृत्यु भइसकेको छ । हालसम्म भारतमा ११ लाख ४६ हजार ८ सय ७९ जना उपचारपछि निको भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित