लोकमानले एनसेल कर छलीमा जोगाएका आन्तरिक राजस्वका डिजी चुडामणि शर्मा पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई  पक्राउ गरेको छ ।

राजस्व हिनामिन गरेकोअभियोगमा उनलाई नियन्त्रणमा लिएर छानविन थालिएको अख्तियारले जनाएको छ । उनीविरुद्ध अख्तियारमा दर्जनौँ उजुरी परेका छन् ।

उनले एनसेलको लाभकर प्रकरणमा ५० करोड घुस खाएर एनसेलको पक्षमा काम गरेको भन्दै उजुरी परेको थियो । शर्मालाई अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिह कार्कीले जोगाउँदै आएका थिए । एनसेल बिक्री करमा छुटको लबिङ लगायतका विवादित मुद्दामा मुछिएका शर्मालाई नियन्त्रणमा लिएर अहिले अख्तियारकै हिरासतमा राखेको अख्तियारले जनाएको छ। शर्मा पुर्व अर्थमन्त्री रामशरण महत निकट मानिदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित