नेपालमा थप ४ सय १८ जनामा कोरोना संक्रमण, देशभर संक्रमित संख्या २० हजार ७ सय ५० पुग्यो

J_1

काठमाडौं । नेपालभर पछिल्लो २४ घण्टामा ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा नियमित गरिँदै अाएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले उक्त कुरा बताएका हुन् । उनका अनुसार हालसम्म नेपालमा ३ लाख ९८ हजारको पीसीअार परिक्षण गरिएको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण ५७ जनाको मृत्यु भइसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित