सप्तरीका ६ जना प्रहरीमा कोरोना संक्रमण

saptari

सप्तरी । सप्तरीमा ६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार जिल्लामा थपिएका ७ जना संक्रमितमध्ये ६ जना प्रहरी रहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए ।

संक्रमित हुने सबै प्रदेश प्रहरी तालिम केन्द्र राजविराजमा कार्यरत छन् । उनीहरु सबै प्रहरी जवान हुन् ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय ३१ पुगेको छ । कोरोना संक्रमणका कारण जिल्लामा एक जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमण बढ्न नदिन भन्दै जिल्लामा मंगलबार बिहानदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित